आईपीएल : धाेनीकाे चेन्नईलाई हराउदै हैदरावादको दोस्रो जीत

आईपीएल : धाेनीकाे चेन्नईलाई हराउदै हैदरावादको दोस्रो जीत

काठमाडौं: आईपीएलको १३ औं सत्रको १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाइ ७ रनले पराजीत गरेका छ । अघिल्लो खेलमा ब्याट्सम्यानको अ’सफलताको कारण अ’पेक्षित नतिजा प्राप्त गर्न नसकेको चेन्नईले पुनः हार बेहाेरेकाे हाे ।

दुबइ इन्टरनेशनल मैदानमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे हैदरावादले निर्धारित अाेभरमा ५ विकेटकाे क्षतिमा १६४ रन बनाएकाे थियाे । १६५ रनकाे लक्ष्य पछ्याएकाे चेन्नेइले निर्धारीत अाेभरमा ५ विकेट गुमाएर १५७ रन मात्रै बनाउन सक्याे । चेन्नईका कप्तान महेन्द्रसिह धाेनीले नटअाउट ४७ रन बनाए पनि जितका लागि प्रयाप्त हुन सकेन । चेन्नेइका रविन्द्र जडेजाले ५० बनाए । बलिङ तर्फ हैदरावादका नटराजले २ तथा अब्दुल सामद र भुवनेश्वर कुमारले समान १ —१ विकेट लिए ।

त्यसअघि हैदरावादले प्रियम ग्रागकाे ५१ रनकाे अर्धसतकिय पारीका साथै कप्तान वार्नरकाे २८ रन, मनिस पाण्डेकाे २९ तथा अविसेक शर्माकाे  ३१ रनकाे मद्दतले १६४ रन बनाएकाे थियाे । बलिङ तर्फ चेन्नेइका दिपक चहरले २ तथा एसएन ठाकुर र पियुस चावलाले समान १ — १ विकेट लिए ।

 

चेन्नई सुपर किंग्स

महेंद्र सिंह धोनी (कप्तान, विकेटकीपर), मुरली विजय, अंबति रायुडु, फाफ डु प्लेसिस, शेन वॉटसन, केदार जाधव, ड्वेन ब्रावो, रवींद्र जडेजा, लुंगी नगिदी, दीपक चाहर, पीयूष चावला, इमरान ताहिर, मिशेल सेंटनर, जोश हेजलवुड, शार्दुल ठाकुर, साम करन, एन जगदीशन, केएम आसिफ, मोनू कुमार, आर साई किशोर, ऋतुराज गायकवाड़, कर्ण शर्मा.

सनराइजर्स हैदराबाद

डेविड वॉर्नर (कप्तान), जॉनी बेयरस्टो, केन विलियमसन, मनीष पांडे, श्रीवत्स गोस्वामी, विराट सिंह, प्रियम गर्ग, ऋद्धिमान साहा, अब्दुल समद, विजय शंकर, मोहम्मद नबी, राशिद खान, जेसन होल्डर, अभिषेक शर्मा, बी संदीप शर्मा, संजय यादव, फैबियन एलेन, भुवनेश्वर कुमार, खलील अहमद, संदीप शर्मा, शाहबाज नदीम, सिद्धार्थ कौल, बिली स्टैनलेक, टी नटराजन, बासिल थम्पी

Leave a Reply

Your email address will not be published. Required fields are marked *