के संक्रमित २५ हजार भए लकडाउन हुन्छ ? स्वास्थ्य मन्त्रालयले यस्ताे भन्याे …

के संक्रमित २५ हजार भए लकडाउन हुन्छ ? स्वास्थ्य मन्त्रालयले यस्ताे भन्याे …

काठमाडौँ, १६ असोज / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको थियो ।

यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई बन्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।

अहिले मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नु नपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पार्नुभयो । सरकारको सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि नीजि स्वास्थ्य संघ–संस्था र होटेलमा सक्रिय सङ्क्रमितलाई राख्ने योजना रहेको जनाइएको छ । (रासस)

Leave a Reply