सुशान्तले अभिनय गर्ने भनिएका यी फिल्महरू, जुन कहिल्यै बन्न पाएनन्

सुशान्तले अभिनय गर्ने भनिएका यी फिल्महरू, जुन कहिल्यै बन्न पाएनन्

बलिउड अभिनेता सुशान्त सिंह राजपुत आज हामीमाझ छैनन्। संसार छोडेर गए पनि आफ्ना फिल्महरूमार्फत् सुशान्त लाखौं फ्यानहरूको मनमा सदैव जीवित रहिरहने छन्। उनका फिल्महरूले सबैको हृदयमा एक अलग्गै छाप छोड्न सफल भएका छन्।

सुशान्तले जीवन्त अभिनय गर्ने भएकाले उनी सबैको रोजाइमा पर्थे। उनलाई कैयौं निर्माता, निर्देशकहरूले आफ्नो फिल्ममा अभिनय गराउन चाहन्थे। हरेक नायक नायिकाहरूको जिन्दगीमा एउटा यस्तो क्षण आउँछ, उनीहरूले खेल्ने भनिएको फिल्मको घोषणा त हुन्छ तर केही कारणले गर्दा त्यो फिल्म कहिल्यै बन्न सक्दैन। आज हामी यहाँ सुशान्तले खेल्ने भनिएका ती फिल्महरूको बारेमा चर्चा गर्दै छौँ, जुन फिल्म कहिल्यै बन्न सकेनन्।

१. पानी
शेखर कपुरले पानी फिल्म बनाउने सपना देखेका थिए। यस कार्यका लागि सुशान्त प्राथमिकतामा थिए। सुशान्त फिल्मका लागि धेरै गम्भीर पनि थिए। रिपोर्टअनुसार सुशान्तले फिल्ममा आफूलाई फिट देखाउन ३ महिना मेहनत गरेका थिए। तर अचानक फिल्ममा सुशान्तलाई नखेलाउने निर्णय निर्माताहरूले गरे। त्यसपछि त्यो फिल्म कहिल्यै बन्न सकेन। भनिन्छ, फिल्ममा आफूलाई नखेलाउने निर्णय सुनेर सुशान्त धेरै रोएका थिए।

२.चंदा मामा दूर के
सुशान्तलाई अन्तरीक्षसँग खास लगाव थियो। त्यसैले अन्तरीक्षसँग सम्बन्धित यो फिल्ममा सुशान्तले भन्दा राम्रो भूमिका अरू कसैले निभाउनै सक्दैनथ्यो। फिल्मका लागि सुशान्त धेरै नै उत्साहित थिए। तर विभिन्न कारणले गर्दा फिल्म बन्न ढिलाइ भैरह्यो। सुशान्त यस फिल्मका लागि नासा पनि गएका थिए। तर फिल्म कहिल्यै बन्नै सकेन।

३. एमरजेन्स
आनन्द गान्धीले बनाउन चाहेको यो फिल्ममा सुशान्तले अभिनय गर्ने भनिएको थियो। सुशान्तले सन् १०१८ मा एउटा पोस्टमार्फत् आफूले यो फिल्म खेल्न थालेको जानकारी दिएका थिए। तर सुशान्त अर्कै प्रोजेक्टमा लागेपछि अभिनेता इरफान खानलाई फिल्ममा खेलाउने निर्णय गरियो। बिरामी भएकाले इरफानले फिल्म खेल्न सकेनन्। इरफानको निधनपछि यो वर्ष सो फिल्ममा पुनः सुशान्तलाई खेलाउने निर्णय गरियो। सुशान्त यस कामका लागि राजी पनि भएका थिए। तर सुशान्तको निधनपछि फिल्म बनाउने कुरा रोकिएको छ।

४. अनाम चलचित्र
अभिनेत्री कंगना रनौतसँग सुशान्तलाई फिल्म खेलाउने कुरा एक निर्माताले गरेका थिए। फिल्मको नाम के थियो? त्यो बाहिर आउन सकेन। यसका लागि सुशान्त राजी भएका थिए। तर रितिक रोशनसँगको कानुनी मामिलामा फसेकी कंगनाले त्यतिबेला सो फिल्मलाई समय दिन नसक्ने बताएपछि फिल्म बन्न सकेन। सुशान्तसँग सो फिल्म गर्न पाएको भए आज सायद सुशान्त हामीमाझ हुन्थे कि! यो पछुतो कंगनालाई सधैं रहेको उनले बताएकी छन्।

५. अनाम चलचित्र
सुशान्त उनकी प्रेमिका रिया चक्रवर्तीसँग एउटा फिल्ममा देखिने कुरा भएको थियो। फिल्मको नाम तोक्न बाँकी नै थियो। रुमी जाफ्रीले बनाउने भनिएको सो फिल्मको सुटिङ मे २०२० मा गर्ने कुरा भएको थियो। तर लकडाउनले गर्दा फिल्मको सुटिङ हुन सकेन। तर जुन १४ मा सुशान्तको निधन भएपछि फिल्म बन्न सकेन।

यी फिल्महरूका अलावा सुशान्त १२ भाग भएको वेव सिरिजमा पनि देखिने कुरा भएको थियो। तर उनको निधनले गर्दा यी फिल्महरू कहिल्यै बन्न सकेनन्।

Leave a Reply