महानायक अमिताभले जब दुई रुपैयाँ नपुगेर क्रीकेट खेल्न पाएनन्…

महानायक अमिताभले जब दुई रुपैयाँ नपुगेर क्रीकेट खेल्न पाएनन्…

बलिउड महानायक अमिताभ बच्चन चर्चित रियालिटी शो `कौन बनेगा करोडपति´ को बाह्रौं संस्करणका लागि तयार छन्। यस शोमा अमिताभ होस्टका रूपमा प्रस्तुत हुने भएकाले पनि शो विषेश मानिन्छ। शो का केही शृङ्खलाहरू प्रशारण भैसकेका छन् भने बाँकी बिस्तारै प्रशारण हुने छन्।

कार्यक्रममा पैसा जित्ने प्रतियोगिता त हुन्छ नै, यसकाअलावा अमिताभले दर्शकहरूलाई आफ्नो जीवनसँग जोडिएका अनुभव तथा दिलचस्प कुराहरू पनि बेला बेला कार्यक्रममा सुनाउने गर्दछन्।

हालै प्रशारण भएको एउटा कार्यक्रममा अमिताभले यस्तो किस्सा सुनाए, जसमा उनी जम्मा दुई रुपैयाँ नपुगेका कारण आफ्नो स्कुलको क्रीकेट टिममा सहभागी हुनबाट चुकेका थिए।

हटसिटमा बसेका जय कुरुक्षेत्रले आफ्नो एउटा किस्सा सुनाएपछि अमिताभले पनि आफ्नो कहानी सुनाएका हुन्। सानो छँदा आफूले ७ रुपैयाँ पर्ने खाजा खान चाहेको तर आफूसँग ५ रुपैयाँ मात्र भएको कुरा जयले सुनाएपछि अमिताभ आफ्नो कुरा सुनाउन हौसिएका थिए।

अमिताभले आफ्नो जिन्दगीमा दुई रुपैयाँको धेरै महत्त्व रहेको बताउँदै आफ्नो स्कुले दिनको सम्झना गरे। अमिताभका अनुसार, जब उनी स्कुलमा थिए, उनलाई स्कुलको क्रीकेट टिममा सहभागी हुन दुई रुपैयाँ चाहिएको थियो। अमिताभले आफ्नी आमा तेजी बच्चनसँग दुई रुपैयाँ मागे तर उनकी आमाले आफूसँग पैसा नभएको बताएपछि उनी क्रीकेट टिममा सहभागी हुन पाएका थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *