चरीत्र हत्या हुनेगरी फैलाइएको भ्रामक सामाचार प्रति नगर प्रमुख बिष्टको गम्भीर ध्यानाकर्षण  

चरीत्र हत्या हुनेगरी फैलाइएको भ्रामक सामाचार प्रति नगर प्रमुख बिष्टको गम्भीर ध्यानाकर्षण  

मिति २०७७ साल असोज १३ गते साझ
कमलबजार नगरपालिकामा कार्यरत इन्जिनियर नरेश न्यौपाने र कमलबजार नगरपालिका वडा नम्बर २ निवासी तकमान बिष्ट बीच सामान्य विषयमा भएको बिवादलाई तोड्मोड गरि कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकाश बिष्टका छोराले इन्जिनियर नरेश न्यौपानेलाई बिल नउठाएको रिसले कुटपिट गरेको भनि फैलाइएको अफवाह प्रति नगर प्रमुख बिष्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकाछन ।

शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गर्दै नगर प्रमुख बिष्टले भने हुदै नभएको मनगण्त्य विषय बनाइ विषयान्तर गरि विभिन्न मिडिया, फेसबुक,ट्विटर लगायत विभिन्न अनलाइन सञ्चार माध्यम एवम् सामाजिक संजाल बाट गलत समाचार सम्प्रेषण गरि यश नगरपालिकाको हालसम्मको सौहार्दपुर्ण काॠ प्रक्रियालाई धमिल्याउने मनसायले भ्रामक प्रचार प्रसार गरि चरित्र हत्या हुने समाचार प्रसारण गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण छ ।

उक्त सामान्य बीसयको बिवाद निरुपण भइसकेको अवस्थामा यस्तो भ्रामक समाचार प्रकाशन प्रसारण गर्ने मिडिया ,पत्रकार तथा ब्याक्तिहरु प्रति मेरो खेद प्रकट छ ।
उनले अगाडि भनेकाछन मैले कुनै पनि योजनाको काम नगरि भुक्तानी गर्न दवाब्ब दिएको छैन । इश्र्या भाव प्रकट गर्ने केही कुतत्वहरुबाट यस्तो पेशागत मर्यादा बिपरित गलत समाचार सम्प्रेषण गर्न जो कोहिलाई पनि छुट छैन,मैले सधैं सामाजिक उत्तरदायित्व निर्वाहका लागि इमानदारी पुर्वक काम गरि आएको तर्फ यस्तो गलत समाचार सम्प्रेषण गरेको बुझेको छु।यस्ता गलत समाचार सम्प्रेषण गर्ने मिडिया र मिडियाकर्मी र ब्याक्तिलाई वास्तबिकता बुझि समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु साथै यसरी चरित्र हत्या हुने गरि गलत समाचार सम्प्रेषण गर्नेलाई छानबिन गरि कडा कार्बाही गर्न सम्बन्धित निकायलाई माग गर्दछु ।

सम्बन्धित सबैलाई पेशागत आचरण ,मर्यादा र आचारसंहिताको पालना गरि जिम्मेवारी बहन गर्नुकासाथै आगामी दिनमा यश नगरपालिकाको कुनै पनि बिषयको सूचना प्रकाशन तथा प्रसारण गर्न पर्ने अवस्थामा नगरपालिकाको आधिकारिक धारणा समेत समाबेश गर्न हुन सम्बद्ध सम्पुर्ण निकायहरु संग बिनम्र अनुरोध गर्दछु ।

Leave a Reply