भक्तहरूलाई किस गरेर विवादमा आएकी माता बिगबोसमा

भक्तहरूलाई किस गरेर विवादमा आएकी माता बिगबोसमा

चर्चित भारतीय रियालिटी शो `बिगबोस´को १४ औँ संस्करण सुरु हुँदै छ। शो ३ अक्टोबरदेखि टेलिभिजनमा प्रशारण हुने छ। शो सुरु हुने दिन नजिकिँदै गर्दा शो मा भाग लिने प्रतिस्पर्धीहरूको निकै चर्चा भैरहेको छ। पछिल्लो समय विवादित राधे माँ शो मा जाने कुराले निकै चर्चा पाइरहेको छ।

हातमा त्रिशुल, राता गाला, ओँठभरी रातो लाली, निधारमा रातो टीका, पूरा शृङ्गार, शिरदेखि पाउसम्म दुलहीको भेषमा सजिएकी राधे माँ बिग बोस १४ मा प्रतिस्पर्धी बनेर आउँदै छिन्। राधे माँ आफूलाई देवी भन्न रुचाउँछिन्। यिनै राधे माँ को महिमा अब बिग बोसमा देखिने छ। राधे माँ लाई रातो रङ धेरै मन पर्छ।

पंजाबस्थित गुरदासपुर जिल्लामा जन्मिएकी राधे माँ ५५ वर्षकी भइन्। उनको वास्तविक नाम सुखबिन्दर कौर हो। राधे माँ का देश विदेशमा कैयौं समर्थक छन्। ४ कक्षासम्म पढेकी माँ को १७ वर्षको उमेरमा विहे भएको थियोे र उनका दुई सन्तान छन्। २३ वर्षको उमेरमा उनी महंत राम दिन दासकी शिष्या बनेकी थिइन् र उनै गुरुले सुखबिन्दर कौरको नाम राधे माँ राखेका थिए।

राधे माँ निकै विवादित माता मानिन्छिन्। माँ जहाँ जान्छिन् विवाद उनको साथमै जान्छ। आफ्ना भक्तहरूलाई आई लभ यु भन्दै रातो गुलाब दिने माताको बानी सर्वत्र आलोचित छ। धर्मको आडमा आडम्बर फैलाएको आरोप मातामाथि लाग्ने गरेको छ।

छोटा लुगा लगाएर भक्तहरूसँगै नाचेर उनीहरूलाई चुम्बन गर्ने र अफूलाई चुम्बन गर्न छुट दिने राधे माँ माथि अश्लीलता फैलाएको आरोप पनि लाग्ने गरेको छ।  यद्यपि राधे माँ लाई मानिसहरू देवीका रूपमा पुज्ने गर्दछन्। बिग बोसमा माँ को जादू कत्तिको चल्ने हो? त्यो भने हेर्न बाँकी नै छ।

Leave a Reply