अछाममा नेकपा परित्याग गरि दुई दर्जन बढी नेताकार्यकर्ता काङ्ग्रेसमा प्रवेश

अछाममा नेकपा परित्याग गरि दुई दर्जन बढी नेताकार्यकर्ता काङ्ग्रेसमा प्रवेश

अछाम :नेपाल कम्युनिस्ट पाटी नेकपा परित्याग गरि दुई दर्जन बढी नेता कार्यकर्ता हरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन।
नेपाली काङ्ग्रेस अछामले आयोजना गरेको नवप्रबेशीहरुलाइ सम्मान तथा स्वागत कार्यक्रममा नेपाल कम्युनिस्ट पाटी मंगलसैन नगरपालिका वडा नम्बर २ वडा कमिटीको एक जम्बो टिम काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।

नेपाल कम्युनिस्ट पाटी वडा नम्बर २ का  वडा कमिटी सचिव इन्द्र बोगटीको नेतृत्वमा  झपट बोगटी ,मोहन आउजी,
सान्तराम आउजी,भद्र बोगटी ,युवराज बोगटी ,सन्तोष आउजि,मनोज आउजी,अमित आउजी ,नारद  बोगटी लगायत दुई दर्जन बढी नेता कार्यकर्ताहरु काङ्ग्रेसमा प्रवेश भएका हुन् ।

काङ्ग्रेस पाटी सभापति लगायत नेता हरुले  नब प्रबेसीहरुलाइ साधारण सदस्यता बितरण गर्दै खादा अबिरले सम्मान गरेर पार्टी प्रबेश गराएका थिए ।

कार्यक्रममा बोल्दै नवप्रवेशीसीहरुले आफुहरुले आस्था गरेको पार्टि नेपाल कम्युनिस्ट पाटीले जनताको नेतृत्व गर्न नसकेकाले आफुहरुको नेपाली काङ्ग्रेस पाटी  माथी ठुलो विस्वास बढेकाले आफुहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बताए । देशमा दुई तिहाइको सरकार हुदा पनि मुलुकमा जनताको पक्षमा काम गर्न नसकेकोले आफू हरु पाटी परित्याग गर्न बाध्य भएको बताए । साथै केहि दिनमा बाकी रहेका उक्त  वडाका नेकपाका अन्य  कार्यक्रताहरुलाई पनि आफू हरु संगै साथमा लिने बताए ।

पाटी सभापति भरत कुमार स्वारको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै सभापति स्वारले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नयाँ  पुरानो नभनी भेदभाब नगरिने उनले बताए । नेपाली काङ्ग्रेस मा आबद्ध सबैले आफ्नो समस्या मा र समाज का समस्यामा हातेमालो गरेर आघी बड्न सुझाब दिदै आफू सधै तपाइहरु संघ  सहकार्य गरेर अघी बड्ने बताए ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाली काङ्ग्रेस अछामका पुर्व पाटी सभापति एवम् महासमिति सदस्य पुष्प बहादुर शाहले
अहिलेको सरकार महामारीको बेलामा पनि देसको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको जनाताको जीवनस्थर सुधार गर्न कदम नचालेको आरोप लगाए, भ्रस्टाचार द्वन्दहिनता, जस्ता कार्यहरु यो सरकारको पालामा बडेर गएको उनले बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै काङ्ग्रेस नेता तथा महासमिति सदस्य बलबहादुर कुवरले कम्युनिस्ट सरकारले गरेका काम देखि जनता आजित भइसकेका बताए । कोरोना महामारीले, बाढी पहिरोले घर, खेतबारी र सडक  बगाउदासम्म पनि नेकपाको  दुईतिहाई बहुमत सरकारले भ्रष्टचार गर्ने बाहेक जनतालाई केही नदिएकाले गलत कामका विरुद्धमा लाग्न युवाहरु जुट्ने बेला आएको कुवरले स्पस्ट पारे ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी ,अन्जु मल्ल क्षेत्रीय सभापति लक्षमण शाह,महिला संघ अछामका सचीव पुर्णा शाह,नेपाली काङ्ग्रेसका नेता एवम् मंगलसैन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले नवप्रबेशीहरुलाइ बधाई संगै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस अछामका सचिव नमबहादुर शाहिले गर्नुभएको थियो ।

Leave a Reply