काठमाडौं उपत्यकामा थपिए ९४३ संक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं उपत्यकामा थपिए ९४३ संक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । जसमा काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना रहेका छन् ।

बिहिबार नेपालमा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८० हजार ७२८ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । मंगलबार देशभर १५१३ जना र बुधबार १५५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *