आइपिएल: बलियाे मानिएकाे राजस्थान कोलकातासँग पराजित…

आइपिएल: बलियाे मानिएकाे राजस्थान कोलकातासँग पराजित…

काठमाडौं: युएईमा जारि १३ औं आईपीएल अन्तर्गत १२ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभर ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

कमजोर सुरुवात गरेको राजस्थानले सुरुवात देखि विकेट लगातार विकेट गुमाएको थियो। माथिल्लो क्रमका ब्याट्सम्यानहरु जोस बटलर २१, स्टिभ स्मिथ ३, सन्जु स्यामसन ८, रोबिन उथप्पा २, रियान पराग १ रन बनाएर आउट भए। फलस्वरुप आठौँ ओभरमा ४२/५ को अवस्थामा पुगेको राजस्थान त्यसपछि कुनै पनि बेला खेलमा फर्कन सकेन।

कोलकाताको बलिंगमा युवा पेस बलर कमलेश नगरकोटी , शिभम माभी र लेग स्पिनर वरुण चक्रवर्तीले समान २ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *