यसकारण सुशान्तले गर्दथे महेश भट्टलाई घृणा, साथीले गरे खु’लासा….

यसकारण सुशान्तले गर्दथे महेश भट्टलाई घृणा, साथीले गरे खु’लासा….

सुशान्त सिंह राजपुत आत्मह’त्या के’समा दिन प्रतिदिन केही न केही खु’लासाहरू भैरहेका छन्। केसमा ड्र’ग्स मा’मिलामा जोडिएपछि अभिनेत्री रिया चक्रवर्ती हि’रासतमा छिन् भने बलिउडका अन्य अभिनेत्रीहरूसँग सोधपुछ भैरहेको छ।

यसैबीच टाइम्स नाउसँग सुशान्तका कोरियोग्राफर गणेश हिवारकरले सुशान्त र महेश भट्टको सम्बन्धका बारेमा कुरा गरेका छन्। गणेशका अनुसार, निर्माता, निर्देशक महेश भट्ट रियासँग नजिक थिए। रियाले आफ्ना सबै काम, कुराको सल्लाह महेशसँग गर्दथिन्। महेशले रियालाई सुशान्तसँग टाढा हुने सल्लाह दिन्थे। सुशान्तसँग सँगै रहेमा रिया पनि सुशान्तजस्तै डि’प्रेसनको सि’कार हुने ड’र महेशले रियालाई देखाएका थिए।

महेश र रियाको सामीप्यता सुशान्तलाई कत्ति मन परेको थिएन। यसैबीच महेशले `सडक २´ फिल्म बनाउन चाहे र यसमा नायकका रूपमा सुशान्त र नायिकाका रूपमा रियालाई अभिनय गराउन चाहेको बताए। र यो फिल्म खेल्न सुशान्तलाई मनाउने जिम्मा रियालाई दिए। तर सुशान्तले महेश भट्टको फिल्म खेल्न मानेनन्। यसपछि सुशान्त र महेशको सम्बन्धमा तिक्तता आयो।” तर महेश भट्टले आफ्नो बयानमा सुशान्तलाई कुनै फिल्मको अफर आफूले नगरेको र सामान्य भेटघाट मात्र भएको बताएका थिए।

Leave a Reply