सुशान्तले आमाको नाममा लेखेका थिए मार्मिक चिठी, “हामी दुबैले आफ्नो बाचा तोड्यौँ …”

सुशान्तले आमाको नाममा लेखेका थिए मार्मिक चिठी, “हामी दुबैले आफ्नो बाचा तोड्यौँ …”

बलिउड अभिनेता स्व. सुशान्त सिंह राजपुत आफ्नी आमासँग धेरै नजिक थिए। सुशान्त १५ वर्षको छँदा नै उनकी आमाको मृ’त्यु भएको थियो। टिभी कार्यक्रमहरूमा आमाको कुरा आउँदा रोइदिनु, अन्तर्वार्ता हरूमा स्त’ब्ध हुनु, आमाको नाममा कविता लेख्नु आदिबाट सुशान्तले आफ्नी आमालाई निकै सम्झिन्थे भन्ने बुझ्न सकिन्छ।

१४ जुनका दिन सुशान्त आफ्नै फ्ल्याटमा मृ’त भेटिए। सुशान्तको मृ’त्युको ३ महिना बितिसक्दा पनि अझै उनको मृ’त्युको र’हस्य प’त्ता लाग्न सकेको छैन।सुशान्तले आफ्नो जीवनको अन्तिम पोस्ट पनि आफ्नी आमाको नाममा लेखेका थिए। आफ्नी आमासँगको खास सम्बन्ध सेयर गरेका थिए। सुशान्तले आफ्नी आमाको नाममा लेखेको चिठी यतिबेला उनका परिवारका सदस्यले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।

सुशान्तले केही वर्षपहिले आफ्नी आमाको नाममा एउटा मार्मिक चिठी लेखेका थिए। उक्त चिठीमा एकातिर सुशान्तले त्यो सम्बन्धको बारेमा लेखेका थिए जो उनले आफ्नी आमासँग सेयर गर्दथे। अर्कोतिर सुशान्तलाई आफ्नो सपना पूरा गर्न न’सकेकोमा दु’ख पनि थियो, जुन सपना पूरा गर्ने उनले उनले बाचा गरेका थिए।

चिठीमा सुशान्तले आफ्नी आमाको लागि एउटा कविता लेखेका छन्- “तपाईंले सधैं मेरो साथमा हुने बाचा गर्नुभएको थियो। मैले पनि म सधैं हाँसिरहने छु भनेर बाचा गरेको थिएँ। तर लाग्छ, हामी दुबैले आ-आफ्नो बाचा तो’ड्यौँ …।”

Leave a Reply