सुशान्तले पछिल्ला ५ फिल्मबाट कति क’माए?

सुशान्तले पछिल्ला ५ फिल्मबाट कति क’माए?

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले याे सं’सार छाे’डेर गएकाे ३ महिना बितिसकेकाे छ । वास्तवमै सुशान्त सबै दर्शकहरूका प्रिय थिए। उनलाई सबैले चाहन्थे। सुशान्तको शुद्ध आ’त्मा, सहयोगी भावना र कामप्रतिको लगावले उनलाई सबैले मन पराउँथे। सुशान्त छोटो समयमै बलिउडमा राज गर्न सफल भएका थिए। उनका केही फिल्महरू फ्ल’प भएतापनि दर्शकहरूको माया पाइरहेका थिए। आज हामी यहाँ सुशान्तले आफ्ना पछिल्ला ५ चलचित्रबाट कति पारिश्रमिक लिएका थिए? भन्ने विषयमा थोरै जानकारी दिँदै छौँ।

१. छिछोरे
मल्टिस्टारर फिल्म `छिछोरे´मा काम गरेवापत् सुशान्तले ५ करोड रुपैयाँ पाएका थिए। उक्त फिल्ममा सुशान्तका साथै श्रद्धा कपुर, ताहिर भसीन, वरुण शर्मा र प्रतीक बब्बर जस्ता स्टारले काम गरेका थिए। दंगल फेम डायरेक्टर नितेश तिवारीद्वारा डायरेक्ट गरिएको यो फिल्म सुपरहिट साबित भएको थियो।

२. सोनचिडिया
मनोज वाजपेयी, रणवीर शौरी र आशुतोष राणाजस्ता स्टारद्वारा सजिएको फिल्म `सोनचिडिया´ को लागि सुशान्तले ५ करोड रुपैयाँ फि लिएका थिए। अभिषेक चौबेद्वारा निर्देशित यो फिल्मले बक्स अफिसमा खासै उधुम मच्चाउन सफल भएन तर फिल्म समीक्षकहरूबाट राम्रो तारिफ पाउन सफल भएको थियो।

३. केदारनाथ
अभिषेक कपुरद्वारा निर्देशित फिल्म `केदारनाथ´का लागि सुशान्तले ६ करोड रुपैयाँ पारिश्रमिक लिएका थिए। यस फिल्मबटै सारा अलि खानले नायिकाका रूपमा बलिउड डेब्यु गरेकी हुन्। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

४. दिल बेचारा
सुशान्तको अन्तिम फिल्म `दिल बेचारा´लाई अनलाइन प्रदर्शन गरिएको थियो। फिल्मलाई दर्शकले धेरै मन पराएका थिए। फिल्मले कैयौं रेकर्ड तोड्न सफल पनि भएको थियो। यस फिल्मबाटै सञ्जना साँघीले आफ्नो बलिउड करिएर शुरुआत गरेकी हुन्। फिल्मको लागि सुशान्तले साढे तीन करोड पारिश्रमिक लिएका थिए।

५. ड्राइभ
करन जोहरको निर्माणमा बनेको फिल्म `ड्राइभ´मा सुशान्त सिंह र ज्याकलिन फर्नान्डिसले काम गरेका थिए। यो फिल्मलाई थियटरमा प्रदर्शन गरिने भनिएकोमा नेटफिलिक्समा अनलाइन प्रदर्शन गरियो। त्यसैकारणले फिल्मले दर्शकहरूको नकारात्मक प्रतिक्रिया धेरै पाएको थियो। यस फिल्ममा काम गरेवापत् सुशान्तले ढाई करोड रुपैयाँ पाएका थिए। फिल्म नराम्रो तरिकाले फ्लप साबित भएको थियो।

Leave a Reply