प्रकृतिसँग नजिक बनाउँदै गुणस्तरीय शिक्षा दिन खोजेका हौं

प्रकृतिसँग नजिक बनाउँदै गुणस्तरीय शिक्षा दिन खोजेका हौं

काठमाडौंबाट करिब १२ किलोमिटर टाढा सूर्यविनायक, गुण्डु भक्तपुरमा अवस्थित छ काठमाडौं वर्ल्ड स्कुल। करिब ५५ रोपनीमा फैलिएको यो स्कुलले अहिले शिक्षामा फरकपन खोजिरहेको छ।

२०७२ सालमा उनले ल्याएको अवधारणा अनुसार स्कुल २०७५ सालदेखि सञ्चालनमा आएको हो। यो स्कुलको अवधारणा डाक्टर खगेन्द्रप्रसाद ओझाले ल्याएका हुन्। उनले नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्ने र शिक्षाका नाममा विदेशिरहेको ठूलो धनराशी राेक्ने अवधारणासहित यो स्कुल सञ्चालनमा ल्याएका हुन्।

उनी लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध रहेर विभिन्न कलेज तथा विद्यालयहरू सञ्चालन गरिरहेका छन। उनी त्रिविको व्यवस्थापन संकायका ‘गोल्ड मेडलिस्ट’ हुन्। ओझा स्कुलका बाेर्ड अध्यक्ष हुन्।

यही सोचलाई पूर्ण रूप दिन उनीसँग जोडिए अन्य सहकर्मी, अनि स्थापना भयो काठमाडौं वर्ल्ड स्कुल।

स्कुलको प्रधानाध्यापकमा केशर खुलाल छन्। खुलालले २६ वर्ष शिक्षा क्षेत्रमा बिताइसकेका छन्। लामो समय बुढानिलकण्ठ स्कुलको प्रधानाध्यापक भइसकेका उनी अनुभवी र दक्ष व्यक्ति हुन्।

प्रधानाध्यापक खुलाल गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरू लागिपरेको बताउँछन्।

Leave a Reply