एउटा सिन्दुरे साँझले बदलेको थियो अक्षय कुमारको जिन्दगी…..

एउटा सिन्दुरे साँझले बदलेको थियो अक्षय कुमारको जिन्दगी…..

बलिउड सुपरस्टार अक्षय कुमारले इन्डस्ट्रीमा आफ्नो एक अलग पहिचान बनाएका छन्। बेग्लै स्वादका तर सामाजिक मु’द्दा बोकेका अक्षयका चलचित्रहरू बक्स अफिसमा हिट हुन्छन्। अक्षयलाई चाहने उनका समर्थकहरू देश विदेशमा छन्।

मामुली मोडल अक्षय कुमारको जिन्दगी कसरी बदलियो भन्नेबारे थोरै जानकारी हामीले दिने दिने प्रयास गरेका छौँ। अक्षय कुमार नायक बन्नुभन्दा पहिले मोडल थिए। एक सिन्दुरे साँझमा उनी मो’डलिङको लागि बेङ्गलोर जाँदै थिए। त्यति नै बेला अक्षयका मेकप म्यान प्रमोद चक्रवर्तीको कम्पनीले उनलाई `के उनी फिल्म खेल्न चाहन्छन् भनेर सोधे।´ त्यसपछि अक्षयले आफ्नो पोर्टफोलियो देखाए।  लगत्तै उनलाई तीन फिल्मको अफर आयो।

अक्षयले एउटा अन्तर्वार्तामा भनेका छन्, “म अचम्मित भएँ। उनीहरूले मलाई तुरुन्तै आफ्ना तीन फिल्ममा साइन गरे। पहिलो फिल्मका लागि उनीहरूले मलाई पाँच हजार, दोस्रो फिल्मका लागि पचास हजार र तेस्रो फिल्मका लागि डेढ लाखको चेक दिए। जतिबेला मैले सो चेक पाएँ त्यतिबेला साँझको ६ बज्दै थियो। यदि म त्यसबेला बेङ्गलोर जान्थेँ भने अहिले एउटा रिटायर मोडल हुन्थेँ। त्यसैले जे हुन्छ, राम्रैका लागि हुन्छ।” त्यसै साँझले मोडल अक्षयलाई सुपरस्टार बनाइदियो।

अक्षय कुमार र अजय देवगनले एउटै वर्ष सन् १९९१ मा नायकका रूपमा बलिउड डेव्यु गरेका थिए। आज दुबै चर्चाको शिखरमा छन् र सफल नायक मानिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *