साचाे माया कहिल्यै मर्दैन …. सुशान्तको सपना पुरा गर्दै पुर्व प्रेमिका अंकिता – भिडियो हेर्नुहाेस्

साचाे माया कहिल्यै मर्दैन …. सुशान्तको सपना पुरा गर्दै पुर्व प्रेमिका अंकिता – भिडियो हेर्नुहाेस्

बलिउड अभिनेता सुशान्त सिहं राजपुतले याे संसार छाेडेर गएकाे लगभग ३ महिना हुन लागेको छ । तर सुशान्तका परिवारसँगै देशबिदेशमा रहेका लाखाैँ शुभेच्क्षुकहरूले अहिले पनि उनलाई बिर्सिन सकेका छैनन् ।

सामाजिक सञ्जालदेखि विभिन्न मिडियाहरूले अहिले पनि सुशान्तसँग सम्बन्धित खबरहरूलाई उत्तिकै फ्लाेअप गरिरहेका छन । यतिबेला सुशान्त प्रकरण मुम्बइ पुलिसबाट सीबीआई काे हातमा परेका छ भने अनुसन्धान पनि तिब्र रूपमा भइरहेकाे छ ।

सुशान्तकि कथित प्रेमिका रिया चक्रवतिकाे परिवारनै संकाकाे घेरमा परेकाे बेला सुशान्तकी पुर्व प्रेमिका अंकिता लोखण्डेले सुशान्तको परिवारलाई पुर्ण रुपमा साथ दिइरहेकी छिन् । सुरुदेखि नै सुशान्तकाे पक्षमा सकारात्मक वकालत गर्दै इरहेकि छिन् ।

सामाजिक सञ्जालमा पनि सुशान्तकै सम्झनामा बिभिन्न पाेष्ट राख्दै आएकि अंकिता अहिले उनका बाकीँ रहेका सपनाहरु पुरा गर्न लागेकी छिन् । आइतबार साँझ अंकिता गार्डेनमा भेटिइन् । त्यहाँ उनलाई पापाराजीले घेरे र अनेकौं प्रश्नहरु तेर्साउन थाले । अंकिताले सुशान्तको धेरै सपनामध्ये हजार ओटा बिरुवा रोप्ने सपना पुरा गर्न आएको बताइन् ।

उनको यो कुरा सुनेर फ्यानहरु निकै खुशी भइरहेका छन् । अंकिता र सुशान्तको दिदी स्वेता कृति सिंहले Plants4SSR भनेर अभियान चलाएका छन् । जस्लाई साथ दिन विश्वभर रहेका फ्यानहरुलाई आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *