‘शाहरुख मेरो पैताला चाटिरहेछ र म उसलाई बिस्कुट खुवाइरहेछु’, आमिर खानका ५ फन्डा

‘शाहरुख मेरो पैताला चाटिरहेछ र म उसलाई बिस्कुट खुवाइरहेछु’, आमिर खानका ५ फन्डा

आमिर खान बलिउडका मिस्टर पर्फेक्सनिस्ट कहलिन्छन्। उनलाई आइडल मानेर पछ्याउने फ्यानहरूको लिस्ट पनि छोटो छैन। तर यति हुँदाहुँदै पनि आमिरले निम्त्याएका वि’वादहरू भने कम छैनन्। आज हामी आमिरसँग जोडिएका ५ यस्ता वि’वादहरूबारे छोटो चर्चा गर्दै छौँ जुन वि’वादहरूले बलिउडमा तहल्का नै मच्चाएका थिए।

१. शाहरूखमाथि दिइएको विवदित बयान
सन् २००३ मा आमिर खान वि’वादमा मुछिए जब उनले आफ्नो ब्लगमा यो लाइन लेखे -“शाहरुख मेरो पैताला चाटिरहेछ, र म उसलाई बिस्कुट खुवाइरहेछु।” वास्तवमा आमिरले आफ्नो कुकुरको नाम शाहरुख राखेका थिए र यसै प्रसङ्गमा यो लाइन लेखेका थिए। तर विवाद यत्ति धेरै बढ्यो कि, आमिरले सामाजिक सञ्जालमा सफाइ दिनु पर्यो। यसलगत्तै शाहरुख र आमिरबीच शी’तयुद्ध शुरु भएको बताइन्छ।

२. अमिताभ बच्चनमाथि दिइएको बयान
सन् २००५ मा रिलिज भएको अमिताभ बच्चन र रानी मुखर्जी अभिनित फिल्म `ब्ल्याक´माथि आमिरले निकै वि’वादित बयान दिएका थिए। आमिरका अनुसार, फिल्ममा अमिताभको अभिनय टाउकामाथिबाट उडेर गएजस्तो लाग्छ। सो बयानका कारण अमिताभ र आमिरबीच मनमुटावको खबर आए पनि समय बित्दै जाँदा सम्बन्ध राम्रो भएको बताइन्छ।

३. पीकेमाथिको विवाद
आमिरको सबैभन्दा विवादित फिल्म `पीके´ सन् २०१४ मा रिलिज भएको थियो। सो फिल्मको नाङ्गो फोटो पोस्टरका कारण पहिले आमिर विवादमा आए। पछि फिल्मभित्र हिन्दु धर्ममाथि मजाक उडाएका कारणले पनि सो फिल्म निकै विवादित रह्यो। ठाउँ ठाउँमा आमिरको वि’रोध हुनुका साथै उनको फोटो पनि ज’लाइएको थियो।

४. थ्रि इडिएट् फिल्मको विवाद
सन् २००९ मा रिलिज भएको फिल्म `थ्रि इडिएट्स्´ सुपरहिट रह्यो। फिल्म धेरै रुचाइयो। तर सो फिल्ममा पनि आमिर वि’वादबाट अछुतो रहन सकेकन्। वास्तवमा लेखक चेतन भगतका अनुसार, यो फिल्म उनको कुनै उपन्यासबाट लिइएको हो र यसकालागि उनलाई कुनै क्रेडिट दिइएन।

५ टर्की विवाद
यो वर्ष आमिर आफ्नो बयानका कारण वि’वादमा आएका होइनन्। उनको एउटा भेट वि’वादित बन्यो। खासमा उनी आफ्नो फिल्म `लाल सिंह चड्डा´ को सुटिङका लागि टर्की पुगेका हुन् र त्यहाँ उनले टर्कीकी प्रथम महिला `एमिने एर्दोगन´सँग भेट गरे। यही भेट विवादको कारण बन्यो। पछिल्लो केही समययता टर्की र भारतको सम्बन्धमा मतभेद आएको छ। यस्तोमा आमिरको टर्की जानू र त्यहाँ भेटघाट गर्नू भारतीय नागरिकहरूलाई मन परेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *