सुशान्तले किन आफ्नो घरमा ‘चिहान’ बनाएका थिए? – हेर्नुहोस भिडियो

सुशान्तले किन आफ्नो घरमा ‘चिहान’ बनाएका थिए?  – हेर्नुहोस भिडियो

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले संसार छोडेको दुई महिनाभन्दा पनि धेरै समय भैसकेको छ। तर अझैसम्म पनि उनको आत्मह’त्या के’स सुल्झिन सकेको छैन। पुलिस लगातार अ’नुसन्धानका लागेको छ। आखिर उनले किन आत्महत्याजस्तो कदम उठाए भनेर जनता तथा सुशान्तका फ्यानहरू जान्न उत्सुक छन्।

यसैबीच सुशान्तका करिबी मित्र रामनरेश दिवाकर, जसले सुशान्तसँग फिल्म `सोनचिडैया´ मा काम गरिसकेका छन्। उनले सुशान्तको बारेमा केही खुलासा गरेका छन्। रामनरेश भन्दछन्, “सुशान्तले खास प्रयोजनका लागि आफ्नो घरमा नक्कली चिहान बनाएका थिए। उनले आफ्ना महत्त्वपूर्ण सामानहरू यही चिहानमा राख्ने गर्दथे।”

रामनरेशले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै उक्त चिहानको बारेमा खुलाएका छन्। भिडियोमा रामनरेश भन्छन्, “सुशान्तले आफ्नो घरमा एउटा बाकस आकारको चिहान बनाएका थिए। जसमा उनले आफ्ना महत्त्वपूर्ण समानका साथै सम्पूर्ण अवार्डहरू राख्ने गर्दथे। उनले अवार्डहरू कहिल्यै कोठामा सजाएर राखेनन्।

उक्त चि’हानरूपी बाकसमा नै राख्दथे। यसो गर्नुको कारण सोध्दा, सुशान्तले भन्दथे, “एकदिन म’रेर जाने हो। हाम्रो यात्रा चि’हानसम्मको मात्र हो। यी अवार्डहरू देखेर ममा घमण्डको भावना जागृत नहोस् भनेर म सधैं यी सामान यो चिहानरूपी बाकसमा राख्ने गर्दछु।” यसरी सुशान्तले सधैं एउटा आम मानिसजसरी जीवन बिताउन चाहन्थे।”

भिडियोमा रामनरेशले सुशान्तको तारिफ गर्दै धेरै कुरा बोलेका छन्। जुन कुराले सुशान्तको बानी व्यवहारलाई नजिकबाट चिन्न सकिन्छ। हेरौँ भिडियो –

Leave a Reply

Your email address will not be published. Required fields are marked *