शाहरुखले गोविन्दासँग माफी मागे, यस्तो थियो दुस्मनी….

शाहरुखले गोविन्दासँग माफी मागे, यस्तो थियो दुस्मनी….

बलिउडमा दुई ठूला कलाकारको आपसमा मनमुटाव हुनु कुनै नौलो कुरा होइन। सुपरस्टारहरूको बीचमा अक्सर लडाइ झगडा चलिरहन्छ। उनीहरूले भलै अरूका अगाडि आफूहरूको सम्बन्ध सामान्य रहेको देखाउन खोज्दछन्। तर क्यामेरा वा मिडियाको सामू एक अर्काको बारेमा विवादित बयान दिन भने पछि पर्दैनन्।

बलिउडमा चाहे शाहरुख सलमानको झगडा होस् चाहे दीपिका र कैटरिनाको त चाहे कंगना र रितिकको। सधैं यस्ता कुराहरू लाइमलाइटमा रहन्छन्। यस्तै झगडा केही वर्ष पहिले बलिउड बादशाह शाहरुख र गोविन्दाको बीचमा भएको थियो। गोविन्दा ९० को दशकका निकै रुचाइएका कलाकार हुन्। उनले अभिनय, नृत्य आदिले सबैको मन जितेका थिए। शाहरुख र गोविन्दाले कहिल्यै पनि एक अर्कासँग स्क्रिन सेयर गरेनन्। कताकति फिल्ममा स्पेसल अपेरियन्समा एक अर्कासँगै देखिए पनि यी दुईको सम्बन्ध सधैं चिसो नै रह्यो।

यी दुई नायकको सम्बन्धमा दरार त्यतिबेला आयो जब शाहरुखले गोविन्दाको बारेमा मिडियामा निकै निराशाजनक बयान दिए। शाहरुखका अनुसार, गोविन्दाले अहिलेसम्म केही गरेकै छैनन्। उनी केही पनि होइनन्। जति शाहरुखले बलिउडलाई योगदान दिएका छन् त्यति गोविन्दाले कहिल्यै गर्न सक्दैनन्। शाहरुखले गोविन्दा आफूजस्तो कहिल्यै बन्न नसक्ने पनि बताएका थिए।

यो बयानपछि शाहरुख ठूलो विवादमा आए। उता गोविन्दाकी आमा शाहरुखको यो बयान सुनेर धेरै रिसाइन्। तत्पश्चात, शाहरुखले सबैका सामू गोविन्दासँग आफ्नो बयानका लागि क्षमा मागे। र आफ्नो भनाइको तात्पर्य त्यस्तो नभएको पनि बताए।

गोविन्दाले शाहरूखलाई माफी दिएपछि यी दुईको सम्बन्ध केही राम्रो भयो। अचेल यी दुई सँगै देखिन थालेका छन् र एक अर्काका साथी पनि बनिसकेका छन्।

Leave a Reply