कुनैबेला अडिसन बिनै घर फर्काइएका कार्तिक आर्यन कसरी बने सुपरस्टार? (स्टोरी)

कुनैबेला अडिसन बिनै घर फर्काइएका कार्तिक आर्यन कसरी बने सुपरस्टार?  (स्टोरी)

युवा मुटुका धड्कन कार्तिक आर्यन पछिल्लो समय अत्याधिक रुचाइएका बलिउड स्टार हुन्। बलिउडमा कुनै गडफादर नभएका कार्तिकलाई यहाँसम्म आइपुग्न सजिलो भने पक्कै थिएन। सानैमा बलिउड बादसाहको `बाजीगर´ फिल्म हेरेपछि कार्तिकलाई फिल्मी क्षेत्रमा आउने इच्छा लागेको हो।

आउटसाइडर भएकाले उनले कसैको पनि मदत पाएनन्। ६ घण्टाको यात्रा पूरा गरेर अडिसन स्थलमा पुग्ने कार्तिकलाई अडिसन बिना नै रिजेक्ट गरेर घर पठाइन्थ्यो। फ़ेरि पनि आफूभित्रको प्रतिभा चिनेका कार्तिकलाई एकदिन त पक्कै पनि सफल हुन्छु भन्ने आत्मविश्वासले यात्रामा विचलित हुन दिएन। त्यही आत्मविश्वासले गर्दा आज कार्तिक यो स्थानमा पुगेका छन्। जिन्दगीलाई फर्केर हेर्दा आफ्नो सङ्घर्षमाथि उनलाई गर्व महसुस हुन्छ। यहाँसम्म पुग्न कार्तिकलेखिएको कम पापड बेल्नु परेको हैन।

मध्यप्रदेशको ग्वालिएरको माटोमा जन्मेका कार्तिक आर्यनले आज यो स्थानमा पुग्छु भन्ने कल्पना पनि गरेका थिएनन्। उनका मातापिता चाहन्थे, कार्तिकले कुनै स्थिर नोकरी गरून्। आफ्ना मातापिताको सपना पूरा गर्न उनले मुम्बईको नामि कलेजबाट इन्जिनियरिङको पढाइ पूरा गरे। यसै दौरान उनले मोडलिङ र फिल्ममा करियर बनाउने कोसिस पनि गरिरहेका थिए। साल २०११ मा कमेडी फिल्म `प्यारका पंचनामा´बाट बलिउडमा डेब्यु गरे। तर यसभन्दा पहिले यतिका लागि उनले ठुलै सङ्घर्ष गरेका थिए।

कार्तिकको जन्म ग्वालिएरमा भएको थियो। उनका मातापिता मेडिकल फिल्डमा कार्यरत थिए। उनलाई इन्जिनियरिङ गर्नु थियो। तर कक्षा ९ मा पढ्दा उनले बाजीगर´ फिल्म हेरेपछि उनलाई फिल्ममा आउने चाह लाग्यो। उनले १२ सम्म ग्वालिएरमै पढे र बाँकी पढाइ पूरा गर्न मुम्बई आएका कार्तिकलाई मोडलिङ र फिल्मी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु थियो तर कोई चिनजानको मान्छे नभएकोले उनले मौका

पाइरहेका थिएनन्। पछि उनले फेसबुकमा `एक्टर निडेड´ कि वर्ड्स् राख्ने थाले।

अडिसनका लागि उनी हप्तामा दुई तीन पटक करिब छ घण्टा यात्रा गर्दथे तर उनलाई बिना अडिसन स्टुडियो बाहिरबाट नै रिजेक्ट गरिन्थ्यो। फ़ेरि पनि उनले हिम्मत हारेनन्। चाँडै उनले केही सेकेन्डका विज्ञापन पाउन थाले। यसै मौकालाई छोप्दै मुम्बईको अंधेरीमा उनले १२ मानिसहरू सँगै बस्नेगरी एउटा फ्ल्याट लिए। उनीसँग सीमित पैसा भएकाले फोटो सुट गराउन सक्दैनथे त्यसैले ग्रुपमा भएको आफ्नो फोटो क्रप गरेर एजेन्टलाई पठाउँथे। धेरै पटक अडिसनका निम्ति कार्तिकले आफ्नो कलेज बंक गरेका थिए।

उनका मातापितालाई यससम्बन्धी केही पत्तो थिएन। एकपटक उनले फिल्म अडिसन विज्ञापन देखेर त्यहाँ गए र कैयौं अडिसन पश्चात् उनले रोल पाए। खुसी हुँदै आमालाई फोन गरेर सुनाए तर आमालाई यो सब कुरा पत्याउनै मुस्किल भयो।

करिब ढाई सालपछि कार्तिकले आफ्नो सपना साकार भैरहेको देखे। उनको पहिलो फिल्न `प्यारका पंचनामा´ रामै चल्यो। यस फिल्मपछि पनि उनको हातमा खास उपलब्धि थिएन। उनकी आमा उनले आफ्नो डिग्री पूरा गरून् भन्ने दवाव दिइरहन्थिन्। यसैकारण उनी इग्जाम दिन गए। परीक्षा हलभरी सबैले उनको फोटो खिच्न थाले। उनको अर्को फिल्म `सोनू के टिटु कि स्वीटी´पछि माहोल पुरै बदलियो। उनले एकपछि अर्कि फिल्म पाउन थाले। उनलाई फिल्म खेल्न भ्याइ नभ्याई हुन थाल्यो।

उनी ग्वालिएर आफ्नो गाउँ जाँदा उनलाई आफूले पढेको स्कुलमा चिफ गेस्टको रूपमा बोलाइयो र केटाकेटीले उनको नाम लिएको देखेर आफ्नो सङ्घर्ष र मेहनतमाथि कार्तिकलाई गर्व महसुस भयो। आफू आज यस स्थानमा पुग्नुको रहस्य उनले आफ्नो मेहनत र आफूमाथिको विश्वासलाई मान्दछन्।

पढाइको बहाना गरेर मुम्बई छिरेका कार्तिक इन्जिनियरिङमा बि टेक गर्ने शिक्षित कलाकार हुन्। कार्तिक अहिलेका सुपरस्टार बलिउड सेलिब्रेटी हुन्। बम्पर फ्यान फ्लोइङका धनी कार्तिक र्याम्पमा उत्रिंदा फ्यानहरूको धड्कन रोकिन्छ। गडफादर बिना नै बलिउडमा राज गरेका कार्तिक आर्यन आफ्नो नम्र स्वाभावका कारण पनि बलिउडमा सबैका प्रिय छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *