बिहेअघि गर्भवती बनेका ५ बलिउड नायिकाहरू

बिहेअघि गर्भवती बनेका ५ बलिउड नायिकाहरू

फिल्म नगरी त्यस्तो ठाउँ हो जहाँ रातारात अनेक घटना घट्छन् र बिहान हुँदासम्म ती घटनाहरूको नाम निशाना मेटिइसकेको हुन्छ। आम मानिसलाई ती घटनाको बारेमा पत्तो समेत हुँदैन। यस्तै बलिउडमा आम मानिने कुरा हो बिहे अघि गर्भवती हुनु। यसलाई बलिउडको कालो सत्य भन्दा पनि हुन्छ। राम्रो कामका लागि निर्देशक, निर्माताको इशारामा चल्नु अथवा चोखो प्रेममा समर्पित हुनु नायिकाको निम्ति सामान्य तर बाध्यताको बनिदिन्छ। बलिउडका धेरै नायिकाहरू यो अवस्थामा पुगेका थिए। आज हामी बिहेअगाडि गर्भवती बनेका ५ नायिकाबारे छोटो जानकारी दिने कोसिस गर्दै छौँ।

१. रानी मुखर्जी
बलिउडमा धेरै रुचाइएका नायिकाको सूचीमा रानीको नाम पनि पर्दछ। एक समय यी नायिकाले आफ्नो अभिनयको जादू छरेर बलिउडमा राज गरेकी थिइन्। आदित्य चोपडासँगको प्रेमका दौरान रानी गर्भवती बनेकी थिइन्। यो जोडीले हल्ला हुनु पहिले नै हतारमा सानो औपचारिक बिहे गरेको गरेको थियो।

२.श्रीदेवी
बलिउडकी सफल नायिका स्व. श्रीदेवी एक समयमा सबैको दिलकी धड्कन थिइन्। यी नायिका बोनी कपुरसँग प्रेम सम्बन्धमा रहेका बखत गर्भवती बनेकी थिइन्। जबकि बोनी कपुर बिबाहित थिए। पछि आफ्नी श्रीमतीसँग डिभोर्स गरेर बोनीले श्रीदेवीलाई भित्र्याएका थिए। बिहे गर्दा श्रीदेवी ७ महिनाकी गर्भवती थिइन्। अहिलेकी नायिका जान्ह्वी कपुर तिनै बिहे पहिले श्रीदेवीको गर्भमा रहेकी सन्तान हुन्।

३. ट्वीङ्कल खन्ना
खबरका अनुसार, नायक अक्षय कुमारसँग जोडिएको बेलामा ट्वीङ्कल खन्ना गर्भवती भएकी थिइन्। यो जोडिले अनावश्यक हल्ला र बद्नामीबाट जोगिन चाँडै सानो समारोहका बिच बिहे गरेको थियो।

४. महिमा चौधरी
धेरै पटक धोका पाएकी बलिउड नायिका महिमा चौधरी आफ्नो प्रेम सम्बन्धका बखत बबी मुखर्जीबाट गर्भवती बनेकी थिइन्। पछि यो जोडीले २००६ मा बिहे गरेको हो।

५. कोनकना सेन
लामो गोप्य प्रेम सम्बन्धका दौरान नायिका कोनकना सेन रणवीर शोरीबाट गर्भवती भइन्। जब कोनकना गर्भवती भइन् यो जोडीले जतिसक्दो चाँडो बिहे गरेर सबैलाई सर्प्राइज दिएको थियो। अहिले यिनीहरूले डिभोर्स गरिसकेका छन्।

Leave a Reply