प्रतिभाशाली बलिउड कलाकार, जो नेपोटिज्मको सिकार भए

प्रतिभाशाली बलिउड कलाकार, जो नेपोटिज्मको सिकार भए

बलिउडले प्रतिभा चिन्दैन, मेहनत चिन्दैन, समर्पण चिन्दैन। चिन्छ त केवल आफ्ना मान्छे। चलेका कलाकारको मागअनुसार अन्य कलाकार छान्ने बलिउड, खान र कपुरहरूको इशारामा नाच्ने गरेको छ। आफ्नो मेहनतले ठाउँ बनाउन खोज्ने आउट साइडरलाई साइड लगाउँदै बलिउडमा अभिनयको `अ´नजान्ने स्टार किडलाई प्राथमिकता दिइन्छ।

यसैकारण प्रतिभावान धेरै कलाकारहरू ओझेलमा परेका छन्। यसले गर्दा कति कलाकारहरू डिप्रेसनको सिकार भएका छन् भने कतिले आफ्नो ज्यान समेत गु’माउनु परेको छ। हामी यहाँ नेपोटिज्मका सिकार भएका प्रतिभाशाली केही कलाकारको चर्चा गर्दै छौँ।

सुशान्त सिंह राजपुत

१.सुशान्त सिंह राजपुत
उदयमान प्रतिभाशाली बलिउड अभिनेता सुशान्त नेपोटिज्मको सिकार मात्र भएनन् उनले आफ्नो ज्यान समेत गुमाउनु पर्यो। ३४ वर्षका सुशान्तसँग प्रतिभा, मेहनत, समर्पण सबै थियो तर बलिउडमा यत्तिले मात्र पुग्दैन आफ्ना मान्छे पनि हुनु जरुरी छ। सुशान्तलाई बलिउडमा जहिल्यै सौतेलो व्यवहार गरियो। कहिल्यै उनको ट्यालेन्टको कदर गरिएन। यसै कारणले डि’प्रेसनमा गएर उनले आफ्नो ज्यान गु’माउनु पर्यो।

अभय देवल

२. अभय देवल
`देव डि´ तथा `जिन्दगीमा ना मिलेगी दुबारा´ जस्ता फिल्मबाट आफूलाई चिनाएका बलिउड अभिनेताले कहिल्यै ठूलो बजेटको ठूलो ब्यानरमा खेल्ने मौका पाएनन्। उनमा रहेको प्रतिभा दर्शकले त चिने तर बलिउडले कहिल्यै चिनेन। अचेल उनी गुमनामजस्तै भैसकेका छन्। खान र कपुरहरूसँग कुनै किसिमको सम्बन्ध नभएका अभयले आफूलाई कहिल्यै प्रमाणित गर्न सकेनन्।

संजय मिश्रा

३. संजय मिश्रा
जीवन्त अभिनय गरेर दर्शकलाई सोचमग्न बनाइदिने क्षमता भएका संजय मिश्रालाई कहिल्यै बलिउडले पत्याएन। सानो तिनो हास्य रोलमा नै सिमित बनाइने संजयले आफ्नो प्रतिभा देखाउन नै पाएनन्। `कड्बी हवा´ नामक चलचित्रमा भित्रैदेखि मुटु नै निचोरिदिने अभिनय गरेका संजयबाहेक कसैले पनि यो फिल्ममा यस्तो अभिनय गर्न सक्दैनथ्यो। तर उनी बलिउडका निम्ति जहिल्यै आउट साइडर नै बनेर साइडमा बसिरहे।

आर. माधवन

४. आर. माधवन
`थ्री इडियट´ जस्तो कहिल्यै पुरानो नहुने सदाबहार फिल्ममा काम गरेका आर माधवन पनि बलिउडमा नेपोटिज्मको नराम्ररी सिकार भएका बहुप्रतिभाशाली कलाकार हुन्। प्रतिभा भएर पनि ठूलो फिल्ममा काम गर्न नपाएका माधवनले साउथ फिल्महरूमा आफ्नो बलियो प्रभाव छोडेका छन् । बलिउडले नचिने पनि उनलाई टलिउडले चिन्यो।

रनदीप हुडा

५. रनदीप हुडा
`सरबजित´ फिल्ममा मुटु नै चिरिने अभिनय गरेका रनदीप हुडालाई पनि बलिउडमा पटक पटक आफ्नो ट्यालेन्टको अग्नि परीक्षा दिनु परिरह्यो। हरेक पटक अग्नि परीक्षामा सफल भएका रनदीपलाई बलिउडमा सफल हुने मौका मिलेन। उनलाई पनि ग्रुपिज्म र नेपोटिज्मले बारबार साइड लगाइरह्यो।

बलिउडमा नेपोटिज्मका सिकार भएका कलाकारका यी त केही उदाहरण मात्र हुन्। बाहिरबाट आएका प्रतिभाशाली कलाकारको यहाँ कहिल्यै कदर हुँदैन। मौका नै दिइन्न। फलस्वरूप कलाकार सानोतिनो रोलमा खुम्चिएर बस्न वाध्य हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *