यी ५ कलाकार ! जसको करियर सलमान खानले बर्बाद गरे

यी ५ कलाकार ! जसको करियर सलमान खानले बर्बाद गरे

सलमान खान बलिउडमा मात्र होइन, जताततै प्रख्यात नाम हो। सलमानलाई चाहनेहरू विश्वका कुना कुनामा छन्। सलमानको स्टाइल, सलमानको जस्तो बडी, सलमानको जस्तो एटिट्युड आज हर कोहीले कपी गर्न चाहन्छ। उसो त सलमान खानको चर्चा हुन कुनै दिन, बार, मौका पर्खिनु पर्दैन।

तर उदयमान बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्मह’त्या गरेसँगै सर्वत्र सलमान खानको पनि चर्चा हुन थालेको हो। सुशान्तलाई ब’हिष्कार गर्नेमा सलमान पनि भएको दाबी गर्दा सुशान्तका फ्यानहरूले सलमानको चर्को वि’रोध गरिरहेका छन् ।

भनिन्छ, बलिउडमा सलमानले जे चाह्यो त्यही हुन्छ। सलमानले चाहेमा रोडको मानिसलाई सुपरस्टार बनाइदिन सक्छन् र सुपरस्टारलाई रोडमा पनि पुर्याइदिन सक्छन्।

सलमानले कैयौं अपरिचित नयाँ अनुहारलाई बलिउडमा स्थापित गरिदिएका छन् भने कतिको त भविष्य नै ध्वस्त पारिदिएका छन् । जसले सलमानसँग पंगा लिन्छ त्यो बर्बाद हुन्छ। आज हामी यहाँ सलमानले क-कसको करियरमा ग्रहण लगाइदिएका छन् भन्ने विषयमा छोटो जानकारी दिने कोसिस गर्दै छौँ।

१. ऐश्वर्या राई
भनिन्छ, नायक सलमान र नायिका ऐश्वर्याको प्रेम बलिउडको कुना कुनामा छरिएको थियो। सलमान त पागलै बनेर ऐश्वर्याको पछि लागेका थिए। यतिबेला ऐश्वर्या सफलताको शिखरमा पुगेकी थिइन्। तर सलमानसँग सम्बन्ध टुटेपछि ऐश्वर्याले काम पाउन छाडिन्। ऐश्वर्याले साइन गरेका चलचित्रहरूबाट उनलाई धमाधम निकालिन थालियो।

ठूला ब्यानरबाट ऐश्वर्यालाई अफर आउन छाड्यो। यो सब सलमानले नै गर्दा भएको हो भनिन्छ। सलमानले ऐश्वर्यालाई यति धेरै घृणा गर्थे, उनले बलिउडबाट नै ऐश्वर्यालाई ब’हिष्कार गरे। नत्र त मिस वर्ल्ड बनिसकी ऐश्वर्यालाई आफ्नो फिल्ममा धेरैले खेलाउन चाहेका थिए।

२. विवेक ओब्रोय
विवेक ओब्रोय बलिउडका प्रतिभाशाली कलाकारमा गनिन्थे तर सलमानसँग सम्बन्ध टुटेपछि ऐश्वर्या विवेकसँग नजिकिइन्। यो कुरा सलमानलाई पटक्कै मन परेन । विवेकलाई पटक पटक ऐश्वर्यासँग टाढिनका निम्ति सलमानले धम्की दिइरहे।

अन्त: विवेकलाई फिल्महरूबाट निकालेर सलमानले बदला लिए। जो जो निर्माताले विवेकसँग काम गर्छन् ती निर्मातासँग आफूले काम नगर्ने घोषणा सलमानले गरे। विवेकले पटकपटक पब्लिक रूपमै सलमानले आफूलाई दुख दिएको कुरा गरे पनि कसैले उनको कुरामा ध्यान दिएनन् । यसरी विवेकको भविष्यमा तुवाँलो लाग्यो।

३. अनुराग कश्यप
निर्माता तथा निर्देशक अनुराग कश्यपसँग पनि सलमानको कुरा मिलेन। चलचित्र तेरे नामका लागि सलमानलाई छातिका रौँ लम्ब्याउन अनुरागले सुझाएका थिए तर सलमानलाई यो कुरा मन परेन। त्यसपछि यी दुईको सम्बन्धमा तिक्तता आयो। सलमानले अनुरागको फिल्ममा काम गरेनन्। अनुराग सानातिना चलचित्रमै अल्झिरहे।

४. अरिजित सिंह
गायक अरिजित सिंह र सलमानको मनमुटाव एउटा अवार्ड शो को दौरान भएको थियो। सलमानले चलाइरहेको अवार्ड शो मा अरिजित निदाइदिएपछि सलमानले धेरै गीतहरूबाट अरिजितलाई निकालेर बदला लिएका थिए। अरिजितले पटकपटक ठुल्दाइ भन्दै माफी मागे पनि सलमानले वास्ता गरेनन्। परिणाम, ठूलो ब्यानरमा अरिजितले गीत गाउने मौका पाउन छाडे।

५. जुबैर खान
सलमान र जुबैर खानको झगडा राष्ट्रिय टेलिभिजनमा सबैले देख्नेगरि भएको थियो। कलर्स टेलिभिजनमा प्रस्तुत रियालिटी शो बिगबोस -११ मा सलमानले जुबैरको क्लास लिएका थिए। अपशब्द बोल्दै महिलालाई होच्याएको र आफूसँग मुखमुखै लागेको निहुँमा सलमानले जुबैरलाई तथानाम गाली गर्दै कार्यक्रमको पहिलो हप्तामा नै कार्यक्रमबाट बाहिर निकालेका थिए। साथै जुबैरको करियर बर्बाद गरिदिने र जेलमा हालिदिने धम्कीसमेत दिएका थिए। जुबैरले यसको प्रतिकार गरेपनि उनको कुरामा कसैले चासो दिएनन् । आज जुबैर गुमनाम छन्।

मान्छेलाई सफलतामा पुर्याउन उसको मेहनत र आत्मविश्वासले मात्र पुग्दो रहेनछ। स्थापित माथिल्लो मानिससँग राम्रो सम्बन्ध पनि हुनुपर्ने रहेछ। नत्र भने आज माथि उल्लिखित नामहरू गुमनाम हुने थिएनन् । भीडमा हराउने थिएनन् ।

सामग्री: सडक मिडिया डेस्क 

Leave a Reply

Your email address will not be published. Required fields are marked *