६ मिनेटको छायांकनमा ६ करोडको खर्च भएकाे अल्लु अर्जुनको फिल्म ( भिडियो )

६ मिनेटको छायांकनमा ६ करोडको खर्च भएकाे अल्लु अर्जुनको फिल्म ( भिडियो )

तेलुगु फिल्म अभिनेता अल्लु अर्जुन आजभोलि आफ्नो आगामी फिल्म ‘पुष्पा’ को कारण चर्चामा छन् । आफ्नो जन्मोत्सवको अवसरमा उनले यस फिल्मको घोषणा गरेका हुन् । फिल्ममा अल्लु राउडी लुक्समा देखिदैँ छन् । यो लुक्सलाई उनका फ्यानहरुले खूब मन पराएका छन् । यो फिल्ममा एक्सनका दृष्य खूब हुने बताइएको छ ।

यसबीच फिल्मको एउटा रोचक जानकारी बाहिर आएको छ । छ मिनेटको एक्सन सिन रहेको छ जसमा छ करोड खर्च हुने बताइएको छ ।  निर्माताहरुका अनुसार यो फिल्म पूर्ण रुपमा मेक इन इण्डिया हुनेछ । भारतीय फिल्म उद्योगका श्रमिकहरुलाई रोजगारी दिने उद्देश्यले यो फिल्म निर्माण गरिने भएको हो ।

६ करोड लगानी हुने उक्त एक्सन सिनमा अल्लु अर्जुन र नकरात्मक भूमिकामा रहेका विजय सेतुपतिबीच लडाँई देखाईनेछ । यो एक्सन दृश्यलाई राष्ट्रिय पुरस्कार जितिसकेका स्टन्ट कोरियोग्राफर पिटर हेइनले कोरियोग्राफ गरेका हुन् ।

जानकारीका अनुसार लकडाउनका सकिने बित्तिकै यो फिल्मको छायांकन सुरु हुनेछ । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *