प्रवास

आबुधाबीमा अलपत्र ७ नेपाली घर फर्किए

संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा अलपत्र ७ नेपाली त्यहाँस्थित नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका छन् ।कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्‍याएर घर फर्काएको हो ।दूतावासकाे सहयोगमा घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई ,लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे छन् । यीमध्ये ४ जना मंगलबार र ३ जना बुधबार स्वदेश फर्किएको दूतावासले जनाएको

0 Shares