सुदूरपश्चिममा थप ३ जनामा काेराेना पृष्टि

सुदूरपश्चिममा थप ३ जनामा काेराेना पृष्टि

सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितमा दुई जना कैलाली र एक जना बैतडीका छन् ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– ५ का ६० वर्षीय महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडा केदारमा २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार ४८६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *