बलिउड अभिनेता सुशान्तको ‘भिसेरा रिपोर्ट’ आयो अस्पतालले दियाे यस्ताे जानकारी

बलिउड  अभिनेता  सुशान्तको ‘भिसेरा रिपोर्ट’ आयो अस्पतालले दियाे यस्ताे जानकारी

बलिउडका चर्चित अभिनेता सुशान्त सिंहकाे ‘भिसेरा रिपोर्ट’ अाएकाे छ । प्रहरी रिपोर्टमा पनि पासो लगाएको र श्वास रोकिएपछि उनको ज्यान गएको उल्लेख रहेको छ। रिपोर्टमा उनको शरीरमा कुनै किसिमको बाहिरी चोट नदेखिएको बताइएको छ । यस्तै सुशान्तका विसरा रिपोर्ट पनि आइसकेको छ ।

मुम्बई प्रहरीले घटना रहस्यमय भन्दै यस घटनालाई लिएर अझै पनि अनुसन्धन गरिरहेको छ । हालसम्म प्रहरीले सुशान्तका परिवारका व्यक्ति, कलाकार, नजिकका साथी रिया चक्रवर्ती लगायतसँग बयान लिइसकेको छ । सुशान्तको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ ।

मृतकको शरीरमा केही न नशालु पदार्थ वा केही रसायन छकी भन्ने पत्ता लगाउन शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गर्नु विसरा परिक्षण हो । मुम्बाईस्थित जेजे अस्पतालमा गरिएको विसारा परिक्षणको रिपोर्ट १७ दिनपछि आएको हो । भिसेरा रिर्पोटमा उनमा कुनै पनि न नशालु पदार्थ नभएको र पासो लागेर नै उनको मृत्यु भएको जेजे अस्पतालले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *