भारतमा भयानक बन्दै कोरोना: झण्डै ६ लाख पुगे संक्रमित, एकदि यति धेरैकाे मृत्यु

भारतमा भयानक बन्दै कोरोना:  झण्डै ६ लाख पुगे संक्रमित, एकदि यति धेरैकाे मृत्यु

काठमाडौँ : भारतमा कोरोनाले भयानक रूप लिँदै गएको छ ।  भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) बाटत्यहाँ ५ सय ७ जनाको मृ’त्यु भएको छ ।

यो सँगै भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण मृ’त्यु हुनेको संख्या १७ हजार चार सय पुगेको छ । भारतमा कोरोना भाइरसको कारण एकैदिन मृ’त्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख ८५ हजार ४ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १८ हजार ६ सय ५३ नयाँ संक्रमित फेला परेका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ७४ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार ८ सय ५५ जनाको मृ’त्यु भइसकेको छ ।

तामिलनाडुमा पनि ९० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार २ सय १ जनाको मृ’त्यु भइसकेको छ । त्यस्तै दिल्लीमा ८७ हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ७ सय ४२ जनाको मृ’त्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख ४७ हजार ९ सय ७९ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *