काठमाडौँमा खतराको घन्टी ९१ जनामा कोरोना

काठमाडौँमा खतराको घन्टी  ९१ जनामा कोरोना

मंगलबारसम्म काठमाडौं काेराेना संक्रमितको संख्या ९१ पुगेको छ। इपिडियोमोलिजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले अहिले काठमाडौंमा ९१ जना कोरोना संक्रमित रहेको जानकारी दिए।

संक्रमितहरूमा धेरैजसो विदेशबाट आएका छन्। केही संक्रमित भारतबाट आएको र केही काठमाडौंको पनि रहेको पाण्डेले जनाए । संक्रमितको
उपत्यकाकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सरकारले पछिल्लो समय विदेशमा अलपत्र परेका नेपालीहरूलाई ल्याउन थालेपछि केही व्यक्तिमा संक्रमण देखिएको हो।

काठमाडौंमा पनि संक्रमित संख्या बढ्दै गएकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ। लक्षणविहीन संक्रमितहरूले पनि संक्रमण सार्ने भएकाले भीडभाडमा सामेल नहुन र सार्वजनिक ठाउँमा हिँडडुल गर्दा सतर्क अपाउन महाशाखाले सुझाएको छ।

स्वास्थ्य मन्त्रालयले पनि संक्रमण थप बढ्नसक्ने भन्दै कन्ट्याक्ट ट्रेसिङको कार्यलाई व्यापक बनाउने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘काठमाडौं जस्तो ठाउँमा पनि पोजेटिभ केसहरू देखिन थाल्यो। बाहिरबाट आएकाहरूबाट पनि संक्रमणको जोखिम हुने देखिएको छ। त्यसैले ट्रेसिङलाई व्यापक पार्ने भनिएको हो।’

उनले केही दिनमा दैनिक १० हजार बढी व्यक्तिको पिसिआर परीक्षण गर्ने तयारी रहेको जनाए। यसअघि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असार १५ देखि नै दैनिक १० हजार जनाको पिसिआर परीक्षण गरिने प्रतिवद्धता जाहेर गरेका थिए।

तर प्रवक्ता डा. गौतमले अहिले दैनिक ७ हजारको परीक्षण गरे त्यसले अहिलेको आवश्यकतालाई धान्ने भन्दै मन्त्रीको बचाउ गरेका थिए। अहिले फेरि उनले परीक्षण नपुग्ने भन्दै थप १० वटा प्रयोगशाला र निजी प्रयोगशालाहरूलाई पनि प्रयोग गरेर दैनिक १० हजार बढीको परीक्षण गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *