दाङमा दुई सैनिकमा देखियाे कोरोना

दाङमा दुई सैनिकमा देखियाे कोरोना

दाङमा शव व्यवस्थापनका लागि खटिएका दुई सैनिकमा पनि कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको कोरोना परीक्षणमा सोमबार दाङका ५८ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये नेपाली सेनाका दुई जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरुले दुई साताअघि भारतमा मृत्यु भएका एक व्यक्तिको शव घोराही ल्याएर व्यवस्थापन गरेका थिए। यसअअघि पनि सोही कार्यमा खटिएका एक सैनिकमा कोरोना देखिएको थियो ।

यसैबीच दाङका १० वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । सोमबार दंगीशरण गाउँपालिकाका दुइ जनामा संक्रमण पुष्टि भएसँगै सबै स्थानीय तहमा कोरोना संक्रमण पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *