१ सय १४ बर्षीय वृद्धले जिते कोरोना

१ सय १४ बर्षीय वृद्धले जिते कोरोना

एजेन्सी : विश्वभर काेराेनाकाे महामारीले सबैमा डर पैदा गरिरहेकाे बेला इथियोपियामा १ सय १४ वर्षीय एक वृद्धले कोरोनालाई जितेका छन् । याे संगै उनले विश्वभर काेराेनालाई  आत्मविश्वासले जित्न सकिन्छ भन्ने संदेश संसारलाई दिएका छन् ।

अबा तिलाहुन वोल्डेमिकाइल नाम गरेका यी बृद्धका परिवारका अनुसार उनी १ सय १४ वर्षका छन् । त्यसको अर्थ उनी विश्वकै सबैभन्दा वयोवृद्ध व्यक्ति पनि हुनसक्छन्, तर त्यसलाई पुष्टि गर्न उनीसँग जन्मदर्ताको प्रमाणपत्र छैन । यी शताब्दी पुरुषलाई अहिले घरमै नातिले हेर्दै आएका छन् ।

असी वर्षभन्दा बढी उमेरका व्यक्तिमा कोरोनभाइरस सङ्क्रमण भए उनीहरू बढी जोखिम समूहमा पर्ने बताइन्छ । आदिस अबाबामा कोरोना परीक्षण गर्ने क्रममा उनीमा पोजिटिभ देखिएको थियो ।

उनलाई लक्षण देखिनुभन्दा पहिले नै अस्पताल भर्ना गरिएको थियो । तसर्थ चिकित्सकहरूले उनको राम्ररी उपचार गर्न सके अनि नजिकबाट उनको अवस्थालाई नियाल्न सकेको बताएका छन् ।

चौध दिने अस्पताल बसाइका क्रममा एक साताभन्दा बढी समय अक्सिजन दिएर उनको उपचार गरियो । र उनी निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *