अल सबाबका नेपाली कमाण्डर सोमालियामा मा’रिए

अल सबाबका नेपाली कमाण्डर सोमालियामा मा'रिए

एजेन्सी : सोमालियामा सशस्त्र बलको सैन्य का’रबाहीमा मा’रिएका अल सबाबका कमाण्डर नेपाली नागरिक रहेको जनाइएको छ ।

असरफ अज्मी अबु हमदानको ज्यान गएको सोमालियाको सञ्चार माध्यमले जनाएको छ ।  दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा सशस्त्र बलको सैन्य का’रबाहीमा उनको ज्यान गएको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाको अनुसार उनी नेपाली हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार असरफ अज्मी अबु हमदान इस्लामिक समूहका वरिष्ठ प्रशिक्षक रहेका थिए । उक्त हमलामा कमान्डर हमदानको साथमा अन्य तीनजना लडाकुको पनि ज्या’न गएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले नेपाली भनिएता पनि उनी नेपाली हुन् या होइनन भन्ने बारे अहिले सम्म नेपाल सरकारले औपचारिक प्रतिक्रिया केही जनाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *