नायिका पुजा शर्माले नेपालमा ७२ प्रदेश १४ जिल्ला भनेपछि… भिडियो

नायिका पुजा शर्माले नेपालमा ७२ प्रदेश १४ जिल्ला भनेपछि... भिडियो

पछिल्लो समय नेपाली नायिकाहरु बेला बेला चर्चामा  आइरहेको हुन्छन । हुन त फिल्मी क्षेत्र चर्चा र आलोचनामा घुमिरहेको हुन्छ  । त्यस्तै यतिबेला नायिका पूजा शर्मा एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण ट्रोलको सिकार बनेकी छिन् ।

लकडाउन सुरु हुन अगाडिनै चलचित्र म यस्तो गीत गाउँछु २ प्रचारप्रसारको क्रममा दिएको अन्तर्वार्ता  करिव ३ महिना पहिले युट्युबमा राखेपछि नायिका शर्मा यतिबेला अन्य सामाजिक संजालहरुमा  ट्रोलको सिकार बनेकी हुन् ।

रंगपत्रकार प्रकाश सुवेदीले प्राइम टेलिभिजनको कार्यक्रम ‘रजतपट अंकल’ मा लिइएको एक अन्तर्वातामा नायीका शर्मालाई नेपालमा कति वटा प्रदेश छन् भनेर सोधेका थिए। जवाफमा अभिनेत्री पूजा शर्माले अक्मकिदै ७२ वटा भनेर जवाफ फर्काएकी छन्। केही असहज मानेकी पूजाले हाँस्दै परिस्थिती सहज बनाउने प्रयत्न गरेकी छन् ।

गलत जवाफ आएपछि सुवेदीले फेरि सोध्दछन्, ‘अञ्चल छाडौँ नेपालमा कतिवटा जिल्ला छन्?’ भनेर प्रश्न थपेका छन्। यस प्रश्नको जवाफमा अभिनेत्री शर्माले ‘१४ वटा’ भनेपछि हाँसो फैलिन्छ। सुवेदीले जिस्कदैँ भन्छन्, ‘गज्जब भन्नु भो ताली बजाउँ ?’

त्यस्तै केही समय अगाडि नायिका वर्षा राउत ट्रोलको सिकार बनेकि थिइन् । नेपाल भारत बिच सिमा वि’वाद चलिरहेको बेला उनले लाइभ अन्तर्वार्तामा दिएको एक अभिव्यक्तिले उनको आ’लोचना भएको थियो ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *