नेकपाको स्थायी कमिटी बैठक डाके, प्रधानमन्त्री ओली नआएपछि कुर्दा कुर्दै थाके

नेकपाको स्थायी कमिटी बैठक डाके,  प्रधानमन्त्री ओली नआएपछि कुर्दा कुर्दै थाके

काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सीमा वि’वादको विषयमा केन्द्रित भएको छ।

सरकारले जारी गरेको नयाँ नक्सा र भूमि फिर्ता लिन भारतसँग गरिने पहलका विषयमा शुक्रबार बोल्ने नेताहरूले सम्बोधन गरेका हुन्।  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार एजेण्डाका रूपमा सीमा विवादलाई प्रस्तुत गरिएको बताए।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर जारी गरिएको नक्साका विषयमा सरकारले जुटाएको राष्ट्र सहमतिको गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

शुक्रबार स्थायी कमिटी सदस्यहरू भीम रावल, लिलामणि पोखरेल, मातृका यादव, शंकर पोखरेल, देव गुरुङ, गोकर्ण विष्ट, छविलाल बिक, अमृत बोहरा, मुकुन्द न्यौपाने, गणेश साह, केशव बडाललगायतले आफ्ना धारणा राखेका थिए।

परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीले चीनसँग सीामामा कुनै समस्या नभएको उल्लेख गरेका थिए। त्यस्तै उनले भारतसँग समस्या समाधानका लागि पहल भइरहेको बताएका थिए। बैठक शनिबार फेरि बस्ने गरी स्थगित गरिएको प्रवक्ता श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *