थप ५९३ जनामा काेराेना देखियाे

थप  ५९३ जनामा काेराेना देखियाे

काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ।

शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

डा‍‍. गौतमले कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ६ सय ९८ पुगेको बताए । साथै नेपालमा हालसम्म २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *