परराष्ट्र मन्त्रालयले भन्याे: ‘चीनसँग नेपालकाे सीमा विवाद छैन’

परराष्ट्र मन्त्रालयले भन्याे: 'चीनसँग नेपालकाे सीमा विवाद छैन'

काठमाडौँ:  सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको बताउकाे छ। चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गर्दै चीनसँग कुनै सीमा विवाद नरहेको  दाबी गरेको  हो।

भारतले लिम्पियाधुरासहितको भुभाग अतिक्रमण गरेको विषयमा नेपालमा चर्चा र विरोध भइरहेका बेला चीनले पनि सीमा अतिक्रमण गरेको भन्दै विवाद सिर्जना गर्न खोजिएको भन्दै मन्त्रालयले उक्त कुराकाे खण्डन गरेकाे छ।

विहीबार जारी प्रेस विज्ञप्तीमा कृषि तथा पशुपंक्षी मन्त्रालयको प्रतिबेदनलाई आधार बनाएर नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ । त्यस्तो कुनै प्रतिवेदन कृषि मन्त्रालयबाट प्रकाशित नगरिएको पनि परराष्ट्रको विज्ञप्तीमा उल्लेख गरिएको छ ।’

मन्त्रालयले सन् १९६१ मै नेपाल र चीनबीच सीमा विवाद हल भइसकेको उल्लेख गर्दै गलत विवरणको पछि नलाग्न सञ्चार माध्यमलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *