एक चेलिकाे वास्तविकता: विवाहको ६ महिनामा सिन्दूर पुछियो, लगत्तै प्राण खो’सियो

एक चेलिकाे वास्तविकता: विवाहको ६ महिनामा सिन्दूर पुछियो, लगत्तै प्राण खो'सियो

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्वर ८ वोर्डगाउँकी २४ बर्षीया सुस्मीता थापाको केहि दिन अघि हेटौडामा भएको वि’भत्स ह’त्याकाण्ड पछाडि आर्थिक कारण भएको परिवारजनको ठम्याँई छ ।

असार १ गते राति हेटौडा मकवानपुरको हेटौडा नगरपालिका वडा ४ सूर्यचोकस्थित सुस्मीताको घरको भान्छा कोठा भित्र वि’भत्स ह’त्या गरिएको अवस्थामा उनको श’व फे’ला परेको थियो ।

सुस्मीताका बाबु कृष्ण केसीका अनुसार घ’टनास्थलमा पुग्ने आफन्तजनले सुस्मीतालाई सिलौटौ पिस्ने लाम्चो र ठुलोखालको लोहोराले टा’उँकोमा प्र’हार गरी विभत्स ह’त्या गरिएको अवस्थामा श’व फे’ला परेको थियो ।

‘छोरीको ह’त्या खवरले वि’क्षिप्त बनेकी उनकी आमालाई मैले स’म्हाल्न थाले र छोरीको श’व हेर्न जान सकिन तर श’व हेर्न जाने आफन्तहरु भन्छन्, टाउँकोमा चार ईन्च ग’हिरो चो’ट थियो, टा’उँकाको छा’ला एउटा पनि थिएन , सिरानीले मुख छोपी छोपी कु’टीकुटी मा’रेछन ।

पछि निदारमा पनि लोहोराले हा’नेको, एउटा आँखा फु’टेको अर्को आँखा हेरेको हेरै अवस्थामा थियो रे । ह’त्या गरिसकेपछि कपडाले टाउँको छापेर रा’खिएको अवस्थामा श’व फेला परेको बताईएको छ’, सुस्मीताका बाबु कृष्ण केसीले भने ।

घरकी एक मात्र छोरीको त्यो भब्य विवाह
सुस्मीताका बाबु कृष्ण केसी भारतीय सेनाका अवकास प्राप्त ब्यक्ति हुन । उनका छोरा पनि भारतीय सेनामा कार्यरत छन । एक छोरा र एक मात्र छोरी सुस्मीताको स्नातक सकेर विवाह गराउने रहर त्यो परिवारमा थियो ।

त्यही क्रममा एक जना आफन्तजनले गत बर्ष लगनको महिना बैशाखमा हेटौडाका शिव भनेर चिनिने रुपेन्द्र थापासंग सुस्मीताको विवाह गराउने प्रस्ताव बाबुसंग राखे ।

छोरी सुस्मीता दिल्लीमा स्नातक गर्दै थिईन । सुस्मीतालाई केटाको फोटो मगाएर हेर्न पठाईयो । बाबु केसी भन्छन– ज्वाँई ईन्जिनियर हुनुहुन्थ्यो । आमासंग कुरा भए छ केटा त ठीकै छ तर टाढा भयो भन्ने जवाफ दिईछन ।

त्यसपछि टाढा भएर केही गर्दैन भनेर सम्झाइयो र छोरीको २३ बर्षको उमेरमा २०७६ बैशाख १८ गते भब्य रुपमा मागी विवाह भएको थियो ।

विवाहको पहिलो दशै द’शामा परिणत
सुस्मीताकी आमा गंगा केसी भन्छिन –‘गएको दशैमा ज्वाँई टिका थाप्न आउनु भएको थियो । छोरी यहि थिइन । पल्टनबाट छोरा पनि आएकोले छोरीको विवाहको पहिलो दशै सपरिवार बसेर मनाइयो ।

टीका थापेर ज्वाई मोटर साइकलमा घर फर्किदै हुनुहुन्थ्यो । असोज २३ गतेका दिन थियो । दा’उन्ने पुग्दा ट्रि’परले उहाँको मोटरसाईकललाई हा’नेर उहाँको ज्या’न गएको थियो, छोरी यतै थिइन।’

यसरी विवाहको छ महिना नपुदै पति वि’योगको पी’डा सहेर बसेकी सुस्मीताले स्नातक सकेर दिल्लीमा मास्टर डिग्री गर्न जाँने अन्तिम तयारीमा थिइन । त्यही बेलामा लकडाउन सुरु भयो ।

उता ज्वाँ’ईको छमासिक गर्न जान्छु भनिन छोरीले त्यसपछि बुवाले प्रशासनमा पुगेर गाडीको पास बनाएर चैत्र २१ घरमा छाड्न जानु भएको थियो, यसरी सुस्मीताकी आमा पीडा सुनाउँछिन ।

बाबु केसी भन्छन, ‘मैले सम्धीलाई बीचमा फोन गरेर पठाइदिनु प¥यो भनेको पनि हुँ , वीमा कम्पनीको कागज पत्रमा साईन गर्न छ भन्दै हुनुहुन्थ्यो । छोरीले पनि ती कागजपत्र मिलाएर आउँला भन्दै थिइन । यता उनी दिल्ली हिड्न तयार पारिएको कपडालत्ता त्यत्ति कै छन ।

केसी दम्पत्ती थप्छन, ‘घरको चुलामा छोरीको वि’भत्स ह’त्या गरिएको छ । घर भन्दा बाहिरको मान्छे आएर ह’त्या गरेका होलान भन्न सकिन्न । घर कै मान्छे नै हुनु पर्छ ।

छोरीका ससुराको नाम प्रकाश थापा हो । उहाँकी एउटी छोरीको विवाह भई सकेको छ । मेरी छोरी भन्दा जेठो उमेरकी घरमा अर्की छोरी सिता थापा र उनकी आमा घरमा बस्छन ।’

पैसा कै कारण छोरी ह’त्या भयो
केसी दम्पत्ती भन्छन, ‘ज्वाँईको सडक दुर्घटनामा मृ’त्यु हुँदा ५ लाख रुपैयाँ छोरीलाई मिलेको थियो । त्यो पैसा खोई भन्दै छोरीकी नन्द सीता थापा कराउने गरेको सुनिन्थ्यो । छोरीले खाता मै छ पैसा भनेर भन्ने गर्थिन ।

त्यो भन्दा ठूलो रकम ज्वाँईले काठमाडौंमा ठूलो धनराशीको वीमा गराउनु भएको रहेछ, दुबै जनाको नाममा । ४० लाख जति त ज्वाँइका दाजुले झिकिसके भन्ने सुनिन्छ । त्यो भन्दा ठूलो रकम छोरीले पाउने हुँदा कुटेर वि’भत्स ह’त्या गरियो । कारण पैसा नै हो भन्ने हाम्रो बुझाई छ ।’

हिजो मात्रै कपिलवस्तुबाट अधिकारकर्मीहरु मकवानपुर पुगेर क्ष’तिपूर्तिसहित दो’षीलाई क’डा भन्दा क’डा का’रबाहीको माग गरेका छन । ‘हाम्रो माग पनि यहि हो कि दो’षी छिटो भन्दा छिटो पत्ता लगाई ह’दैसम्मको का’रवाही होस्, ‘केसी दम्पत्तीले भने ।

मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले त्यहाँ पुगेका अधिकारर्कीहरुसंग अ’नुसन्धानको अन्तिम चरणमा पुगिएको र अब छिटै अ’भियुक्त सा’र्वजनिक गर्ने बताएको अधिकारकर्मीहरुले जानकारी दिएका छन ।

प्रहरीले सुस्मीताका ससुरा प्रकाश थापा र नन्द सीता थापालाई नि’यन्त्रणमा लिएर अ’नुसन्धान गरिरहेको छ । सुस्मीताका आफन्तजनको ठहर छ झण्डै एक करोड वीमा रकम ह’त्याउन सुस्मीताको वि’भत्स ह’त्या गरिएको छ । न्युज २४ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *