रुकुम घ’टना : २५ जना जे’ल चलान, ३ जनालाई साधारण तारेखमा छाड्ने आदेश

रुकुम घ'टना :  २५ जना जे'ल चलान, ३ जनालाई साधारण तारेखमा छाड्ने आदेश

काठमाडौं : रुकुम पश्चिममा ६ जनाको ज्या’न जाने गरी भएको घ’टनामा जिल्ला अ’दालतले मु’द्धा पूर्पक्षका लागि २५ जनालाई कारागार पठाउने आदेश गरेको छ। छ दिनको बहसपछि न्यायाधिश विद्याराज पौडेलको इजलासले बुधबार साँझ प्रतिवादीमध्ये तीन जनालाई साधारण तारेख र एक जनालाई एक लाख रुपैयाँ ध’रौटीमा छाड्ने आदेश भएको छ।

त्यसअघि शुक्रबारदेखि सुरु भएको बहसमा पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका थिए। थु’नछेक बहस शुक्रबारदेखि सुरु भएको थियो। सोमबारसम्म पिडितका कानुन व्यवशायीले बहस गरेका थिए। अदालतसँग पुर्पक्षका लागि थु’नामा पठाउने, ध’रौटीमा छाड्ने र साधारण ता’रेखमा छाड्नेमध्ये एउटा आदेश दिन विकल्प थियो।

जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनावि’रुद्ध कर्तव्य ज्यानलगायत मु’द्धामा अ’भियोग पत्र दर्ता गरेको थियो। प्रतिवादीमध्ये २९ जना प’क्राउ परेका थिए भने पाँच जना फरार छन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकलाई गाँउलेले लखेटेका थिए। नवराजसहित ६ जनाको श’व भेरी नदिमा भेटिएको थियो। सोतीका गाउँलेले कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अ’नुसन्धान प्रतिबेदनमा उल्लेख छ। २० जनावि’रुद्ध कि’टानी जा’हेरी परेको भएपनि अनुसन्धानमा थप १४ जनाको पनि संलग्नता खुलेको प्रहरीको भनाई छ।

प्रहरीले नवराजकी प्रेमिका भनिएकी युवती, उसका बाआमा र दाई, वडाध्यक्षसहितलाई प’क्राउ गरेको थियो। उनिहरु सबैलाई प्र’तिवादी बनाएर अभियोग पत्र दर्ता भएको थियो।

वडाध्यक्ष डम्बर बहादुर मल्ल, प्रेमिका भनिएकी युवतीका दाई सन्तोष मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद भल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल र रेशमबहादुर मल्ललाई प्र’तिवादी बनाइएको थियो।

यस्तै विष्णु मल्ल, तुलाराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, डिल्ली घर्ती, विराज पुनमगर, सबिन पुन, रमित पुनमगर, नविनकुमार जीएम, धनाराज राना, दीपेन्द्र चन्द, भीमबहादुर पुनलाई प्रतिवादी बनाइएको थियो। २ नाबालकसहित पाँच जनाको नाम भने गो’प्य राखिएको छ। प्रतिवादीमध्ये २१ जनावि’रुद्ध ज’न्मकैद स’जाय माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *