महाकाली सन्धि भएपछि नेपाल स्वर्ग हुन्छ भनेको हैन र?खोई त? भएको प्रधानमन्त्री ज्यु

महाकाली सन्धि भएपछि नेपाल स्वर्ग हुन्छ भनेको हैन र?खोई त? भएको प्रधानमन्त्री ज्यु

मिति २०७७/०३/०४ गते राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले MCC स्विकार गरेर जानुपर्ने धारणा व्यक्त गरेका छन्।प्र.म. केपी शर्मा ओलीले आप्नो पार्टी भित्र कै विवाद समाधान गर्न नसक्नु- मिलिजुली को e-कारोबार नमिल्नु हो कि ?

प्रधानमन्त्री ज्यू इतिहास दर्ज हुनेगरी त बोल्नुपर्छ तर देशको अहित हुने काम गरेर दर्ज गराउने ? यो खोक्रो राष्ट्रवाद भयो प्रधानमन्त्री ज्यू। यस्तो आगमन मा आगो तापेर बदलिँदैन कस्ले भन्ने? प्रधानमन्त्री भएपछि उखान टुक्का गरेर हुन्छ? महाकाली सन्धि भएपछि नेपाल स्वर्ग हुन्छ भनेको हैन र?खोई त? आम नेपाली जनताहरुले चिनिसकेका छन , यसको हिसाब किताब माग्ने छन । दुई तिहाई को दममा हेप ,ठेल र पेल को निति देखियो प्र.म. ज्यु। अब आउने चुनाव मा जितेमा चिठ्ठा पर्यो, तालुमा आलु फल्यो तर हारेमा जेलको चिसो छिडिमा कुहियो! यो कुराको छिनोफानो आम जनताले आगामी दिनमा गर्ने नै छौ।

जिम्मेवारी हरुले ठट्टा गर्नु हुदैन! ल अरुले पढ्ने हरुले भनिदेउ त यि बुदाहरु सत्य हुन भने किन राष्टघाति कार्य गर्ने?  इतिहासमा नाम नै दर्ज गर्नु छ भने राम्रो कार्य गरेर देखाउन!

१ धारा ३ – दफा ३-२ को “च” मा बौद्धिक सम्पत्ति मा अमेरिकाको पूर्ण अधिकार हुनेछ।
* नेपालकोे चाँही ?  २ धारा ३ को दफा ३(८) को “क ” मा परियोजनाको लेखापरीक्षण अमेरिकन कम्पनी ले मात्र गर्न सक्नेछ।  *नेपाल को परियोजना नेपालले नै गर्न किन नपाउने?

३ धारा ५ को “क” र ” ख” ले अमेरिकन ले चाहेमा यो सम्झौता खारेज गर्न सक्नेछ। * नेपाल ले १३ अर्ब खर्च यस परियोजनामा गर्नु पर्छ अनि खारेज उसले एकलौटी गर्न नपाउने?  ४ धारा ७ को दफा ७ को “क” प्रस्तुत सम्झौता लागू भए पछि सम्झौता मा उल्लेखित र नेपाल को राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुने छ।  * नेपाल को कानुन भन्दा माथि MCC हुनसक्छ ?

५ अनुसुची १” ग” को र मा MCC परियोजना मा नेपाल सरकारले राज्य का कुनै पनि अङ्ग वा निकाय खटाउनु पर्दा MCC सँग स्विकृति लिनुपर्ने छ।  * हाम्रो परियोजना नेपालले काम गर्न MCC को स्विकृति लिनुपर्ने ?

६ अनुसुची ४ ” क” नेपाल सरकारले MCC लाई चित्त बुझ्दो योजना बनाएर पठाउनु पर्ने र त्यस्तो योजना भारत सरकारले समर्थन हुनुपर्ने छँ ।  * परियोजना नेपालको लागि कि भारतको लागि ?
राष्ट्रघाती , भारत परस्त भनेको त यस्ता पो हुन । “दलाल को पर्दाफास र देशभक्तिको सम्मान गर्न सिकौं !!  धन्यवाद !

बिनोद प्रसाद जैसी (धमाला),  तुर्माखाद अछाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *