कोरोना हब बन्दै सुदूरपश्चिम, संक्रमितको संख्या ७ सय ८५ पुग्यो

कोरोना हब बन्दै सुदूरपश्चिम, संक्रमितको संख्या ७ सय ८५ पुग्यो

धनगढी : सुदूरपश्चिममा आज एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँच गरी आज आज एक सय ६८ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बैतडीका ६३ जना, कैलालीका ४६ जना, डोटीका १५ जना, डडेल्धुराका ९ जना, बाजुराका ८ जना, अछामका ७ जना, बझाङका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

उनले शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

भारतवाट फर्किनेहरू बढ्दै जाँदा प्रदेशमा संक्रमणको दर केही हप्ता देखि बढ्दै गएको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय दुई, कञ्चनपुरमा ९६, डडेल्धुरामा एक सय ३१, डोटीका ६१, बैतडीमा एक सय २०, अछामका ७४, बाजुराका ७०, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या सात सय ८५ पुगेको छ। पुष्टि भएका पाँच जनाको मृ’त्यु भईसकेको छ भने एक सय ११ जना निको भएर घर फर्किसकेका छन्।

प्रदेशमा पहिलो पटक गएको चैत्र १४ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए । वैशाख महिना सुरु हुँदा पाँच जनामा झरेको यो संख्ष्या त्यसपछि झण्डै एक महिनासम्म स्थिर रहेको थियो ।

भारतवाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाइ व्यवस्थित र तोकिएको मापदण्ड अनुसार हुन नसक्दा संक््मणको जो’खिम थपिएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढी, कोरोना उपचार विभागका प्रमुख डा. शेरबहादुर कमर भारतवाट फर्किएका नेपालीलाई सुरक्षित तरिकाले राख्न नसकिएकोले सङ्क्रमणको बढेको बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *