सुर्खेतमा आ’त्मह’त्या गरेकी युवतीमा कोरोना देखियो

सुर्खेत : सुर्खेतमा मृ’त अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झु’ण्डिएर आ’त्मह’त्या गरेकी सिम्ताकी २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो ।’

असार १ गते आ’त्मह’त्या गरेकी उनको श’व पो’ष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा‍ लक्ष्मीनारायण तिवारीले बताए ।

युवती भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

यो कर्णालीमा मृ’त्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *