फेरि धो’का ! भारतले नेपालसँग वार्ता नगर्ने, ईपीजी प्रतिवेदन पनि नबुझ्ने

नयाँदिल्ली : नेपालसँग सीमा वि’वादबारे भारत कुनै पनि वार्ता नगर्ने पक्षमा देखिएको छ । केही दिनअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठकले तत्काल नेपालसँग सीमाका विषयमा द्विपक्षीय वार्ता गर्नुको अर्थ नरहेको निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी स्रोतलाई उद्धृत गर्दै , आजतकले जनाएअनुसार कोरोना महामारी समाप्त नहुन्जेलसम्म मोदीले कुनै प्रकारको वार्ता नचाहने बताएका छन् । मोदीले उक्त बैठकमा नेपालले नयाँ नक्सा जारी गरेको र सोही नक्सालाई मान्यता दिन संविधानमा समेत संशोधन प्रक्रिया थालेको अवस्थामा वार्ताको अर्थ नरहेको धारणा राखेका थिए ।

उक्त बैठकमा नेपालका पछिल्ला कदमका बारेमा कुनै प्रतिक्रिया नजनाउने र द्विपक्षीय वार्ताको मिति तय नगर्ने निर्णय भएको बताइएको छ ।  कोरोना नियन्त्रणमा आइसकेपछि पनि त्यतिबेलाको अवस्थालाई विश्लेषण गर्दै वार्ता गर्ने या नगर्ने भन्नेबारे निर्णय लिने मोदीको भनाइ छ ।

त्यस्तै भारतले प्रवुद्ध व्यक्तिहरुको समूह (ईपीजी) को प्रतिवेदन पनि नबुझ्ने निर्णय गरेको छ । नेपालका तर्फबाट ईपीजी प्रतिवेदन बुझ्नका लागि लगातार माग हुँदै आए पनि कुनै पनि हालतमा ईपीजी प्रतिवेदन भारतले नबुझ्ने आजतक च्यानलले आफ्नो अनलाइनमा उल्लेख गरेको छ ।

दुवै देशका प्रधानमन्त्रीलाई ईपीजी प्रतिवेदन बुझाउन बाँकी छ । उक्त प्रतिवेदन पहिला भारतका प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति भएको थियो ।

स्रोतलाई उद्धृत गर्दै आजतकले भनेको छ, ‘ईपीजी रिपोर्टमा नेपाल र भारतबीचको विशेष सम्बन्धलाई अन्त्य गर्न सिफारिस गरिएको छ ।’

भारतले कुटनीतिकस्तरमै नेपालसँगको सबै प्रकारका द्विपक्षीय मुद्दा सुल्झाउन चाहेको अवस्थामा पनि नेपालले भारतको अधिनमा रहेको भूभागलाई नयाँ नक्सामार्फत आफ्नो देशमा गाभेका कारण आवश्यक परेको खण्डमा अब सैन्य कुटनीतिको भाषामा व्यवहार गर्ने सन्देश प्रष्ट रुपमा दिएको छ,’ आजतकले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *