लकडाउनमा १ सय केजी तौल बढेपछि अस्पतालको बास, डाक्टर नै चकित

लकडाउनमा १ सय केजी तौल बढेपछि अस्पतालको बास, डाक्टर नै चकित

कोरोना भाइरसका कारण चीनको उहान सहरमा लगभग पाँच महिनादेखि लकडाउन गरिएको छ । यसैबीच उहान सहरबाट एउटा आश्चर्यजनक घ’टना सार्वजनिक भएको छ ।

बुहान सहरमा बस्ने २६ वर्षीय एक युवकको तौल १ सय केजी बढेको छ । झण्डै १ सय केजी तौल बढेपछि ती युवा अहिले उहान सहरका सबैभन्दा बढी तौल भएका व्यक्तिका रूपमा दरिएका छन् ।

डेली मेलका अनुसार ती युवकको नाम झोउ है जोकि हो । विगत करिब पाँच महिनादेखि लकडाउनका कारण उनी आफ्नै घरमा बन्द थिए । अचानक अत्याधिक रूपमा तौल बढेपछि झोउ गम्भीर रूपमा बिरामी परेका थिए । त्यसपछि उनलाई एम्बुलेन्सबाट अस्पताल लगिएको थियो ।

डाक्टरहरूका अनुसार २६ वर्षीय झोउको तौल पाँच महिनामा १ सय केजी बढेको हो । भारी मात्रामा उनको तौल बढेपछि अहिले उनको जम्मा तौल द्दडण् केजी पुगेको छ । उनलाई अहिले उहान विश्वविद्यालयको झोंगन अस्पतालमा भर्ना गरिएको छ ।

डाक्टरहरुका अनुसार झोउ कैयौं वर्षदेखि आफ्नो बढ्दो तौललाई लिएर तनावमा रहेका र तौल घटाउन संघर्ष गरिरहेका छन् । तौल घटाउनका लागि भन्दै विभिन्न तरिकाहरू अपनाएर पनि उनको तौल घट्नुको सट्टा बढेको बढ्यै गरेको छ ।

झोउ एक इन्टरनेट क्याफेमा काम गर्दथे । तर, तत वर्षको डिसेम्बरबाट बुहान सहरभरि लकडाउन भएपछि उनले घरमै बस्न बाध्य भएका थिए । यसै दौरान उनको तौल अचानक अत्यधिक रूपमा बढेको हो ।

उनका परिवारका सदस्यहरूका अनुसार बढ्दो उनको तौलले उनलाई हिँडडुल गर्न तथा दैनिक कार्य सञ्चालनमा निकै कठिनाई हुने गरेको छ । यस्तो कठिनाई बढ्दै गएपनि कोरोना संक्रमण फैलिने डरले उनको उपचार हुन सकेन ।

समस्या जटिल बन्दै गएपछि उनी अहिले अस्पताल भर्ना भएका छन् । अस्पतालले उनलाई तौल घटाउन अप्रेसन गर्नुपर्ने बताएको छ । उनी अप्रेसनका लागि तयार छन् तर अप्रेसनबाट हुने जोखिम कम गर्न उनले केही तौल आफै घटाउनुपर्ने डाक्टरहरू बताउँछन् । अचानक पाँच महिनामै १ सय किलोग्रामसम्म उनको तौल बढ्नुको कारण पनि खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *