रहेनन् एम एस धोनीका सुशान्त सिंह राजपुत, हार्दिक श्रद्धाञ्जली

रहेनन् एम एस धोनीका सुशान्त सिंह राजपुत, हार्दिक श्रद्धाञ्जली

नयाँदिल्ली : बलिउड कलाकार सुशान्त सिंह राजपुतले आ’त्मह’त्या गरेका छन् । मुम्बईस्थित आफ्नै घरमा उनले आ’त्मह’त्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एक हप्ता पहिले उनकी पूर्व व्यवस्थापक दिशन सालियानले पनि आ’त्मह’त्या गरेकी थिइन् । प्राप्त जानकारी अनुसार राजपुतका सहयोगीले प्रहरीलाई उनको आ’त्मह’त्याबारे खबर गरेपछि प्रहरी घ’टनास्थलतिर गएको छ । आ’त्मह’त्याको कारण हालसम्म थाहा हुन सकेको छैन ।

भारतको बिहारमा जन्मिएका राजपुतले काइ पो चे र क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपीक मूभी एमएस धोनीमा लिड रोलमा अभिनय गरेका छन् । जिन निकै रुचाइएको थिए । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।

त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ता बाट निकै लोकप्रिय बन्न पुगे । टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए ।

उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिनिती चोपडासँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् ।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए। भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

३४ वर्षीय राजपुतले पछिल्लो समय सारा अली खानसँग ‘केदारनाथ’ र श्रद्धा कपुरसँग ‘छिछोरे’ फिल्ममा अभिनय गरेका थिए। राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे। उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी उनको अपार्टमेन्ट पुगिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *