सरिता गिरीविरुद्ध रमेश पर्साइले मुद्दा हाल्दै, साथ दिनेले सेयर गराै

सरिता गिरीविरुद्ध रमेश पर्साइले मुद्दा हाल्दै, साथ दिनेले सेयर गराै

काठमाडौं: रमेश प्रसाईले समाजवादी पार्टीकी सांसद सरिता गिरी बिरुद्ध देशद्रोहको मुद्दा दर्ता गर्ने बताएका छन् । राष्ट्रिय अखण्डताको बिरुद्धमा बोल्दै आएकी सांसद गिरीको विरुद्धमा मुद्दा दायर गर्न छिट्टै काठमाडौं आउने उनले बताएका छ । साथै उक्त मूद्दामा रमेश प्रसाइकाे पक्षबाट कानुनि सल्लाहकारकाे रुपमा डा. सुरेन्द्र भण्डारीले बहस गर्ने समेत जानकारी दिएका छन।

राष्ट्रियताको विषयमा सबै दलहरु एकजुट भएका बेला आलोचनात्मक अभिव्यक्ति दिदै आएकी सांसद गिरीको चौतर्फी आलोचना भैरहेको बेला  भिडियो मार्फत रमेश प्रसाईले आयातित प्रवाशी बेहुली भन्दै गिरीलाई नेपालले अपनाएकी तर नेपाललाई कहिल्यै नअपनाएकी, मधेशीको प्रतिनिधि ठहरिएकी तर मष्तिस्कमा प्रशस्त बिहारी चेतना भरिएकि प्रवाशी बेहुलीकाे आतंक अति भएको आरोप समेत लगाएका छन् ।

साथै संसदमा हिन्दि भाषालाई स्विकार्नु भनेको नेपालको राष्ट्रियता माथिको प्रहार भएको बताएका छन् । फिजी र सिक्किमको प्रसङ्ग जोड्दै उनले सबैले सचेत रहन अनुरोध समेत गरेका छन् ।

सरिता गिरीले भनिन् : नयाँ नक्सा खारेजको माग फिर्ता लिन्न, पाटीले कार्वाही गरे गरोस
नक्सासम्बन्धी संविधान संशोधन खा’रेजको संशोधन दर्ता गराएकी जसपा नेतृ सरिता गिरीले आफू ब्याक नहुने बताएकी छिन् । पार्टी संसदीय दलले विज्ञप्ति नै निकालेर गिरीलाई उक्त संशोधन दर्ता फिर्ता लिन निर्देशन दिइसकेको छ ।

तर, गिरीले आफू आफ्नो अडानबाट पछि नहटने बताइन् । ‘मसँग पार्टीका महासचिव, प्रमुख सचेतकसहितका नेताहरूले आज भेटेका छन्,’ गिरीले भनिन्, ‘मैले उहाँहरूलाई प्रस्ट रूपमा आफ्नो अडानबारेमा भनिसकेकी छु ।’

‘मैले आफ्नाे संशोधन तथ्यपरक रूपमा राखेकी छु,’ गिरीले भनिन्, ‘विनाप्रमाण सरकारले नक्सासम्बन्धी संशाेधन ल्याएकाे छ, प्रमाण बाहिरी देखाएर हुँदैन, संशोधनमा ती कुरा ल्याउनुपऱ्यो नत्र खा’रेज हुनुपर्छ ।’

पार्टी अध्यक्ष उपेन्द्र यादवले नयाँ पत्रिकासँग कुरा गर्दै गिरीले संशोधन फिर्ता नलिए का’रबाही हुने बताए । गिरीले विगत १० दिनमा संसदमा आफूले गा’ली बे’इज्जती खे’पिरहेको तर पार्टीले केही नगरेको गु’नासाे सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *