सरिता गिरीलाई सांसदबाट हटाउन ७ दिनको अल्टिमेटम

भारत प्रस्त रहेको आरोप लागिरहेकि संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई सांसद पदबाट हटाउन राष्ट्रिय युवा संघ नेपालले ७ दिनको अल्टिमेट दिएको छ ।

संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति युवा संघ नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै गिरीलाई सांसद पदबाट हटाउन माग समेत गरेको छ।

संघले एक विज्ञाप्ति जारी गरी गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई माग गरेको छ । संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ तथा सहसंयोजक रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा सांसद गिरीलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग पनि गरिएकाे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौँ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहान्छौँ ।’

नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई संघले स्मरण गराएको छ ।

जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत सरिता गिरीले च्युत गर्नु भएको संघकाे ठहर छ । ‘संसदको सदस्य निर्वाचित भइ कार्यकाल संहाल्नु अघिी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *