कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु

कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु

काठमाडौँ: कोरोना भाइरसबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । शनिबार डोल्पाका ५८ बर्षिय पुरुष र कैलाल्की ५५ बर्षिया महिलाको मृयु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।थप २ जनाको मृत्यु

मन्त्रालयको पछिल्लाे अध्यावधिक विवरण अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार थप ३२३ जनामा कोरोना देखिएको छ । योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३,२३५ पुगेको छ।

पिसीआर बिधिबाट हालसम्म ९२ हजार ४७७आरडिटी विधिबाट १ लाख ३७ हजार ४३५ जनाको नमुना परीक्षण भएको छ । त्यस्तै १ लाख ६८ हजार ३१ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका मध्य धेरै जना भारतबाट आएका व्यक्तिहरु रहेका छन् ।

पछिल्लाे विवरण अनुसार २७ जना पुरुष र ५ जना महिला गरेर ३२ जना डिस्चार्ज भएका छन् । यो संगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ३६५ रहेको छ । २ हजार ८३७ जना संक्रमित देशभरका आइसोलोसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *