थप ३२३ जनामा काेराेना देखियाे

थप ३२३ जनामा काेराेना देखियाे

काठमाडौँ : अद्यावधि विवरणअनुसार गएको २४ घण्टामा नेपालमा थप ३२३ कोरोना भाइरस (कोभिड– १९) का बिरामी फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा  नेपालमा २२३ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे अध्यावधिक विवरण अनुसार देशभरका २१ ओटा प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार थप ३२३ जनामा कोरोना देखिएको छ ।

पिसीआर बिधिबाट हालसम्म ९२ हजार ४७७आरडिटी विधिबाट १ लाख ३७ हजार ४३५ जनाको नमुना परीक्षण भएको छ । त्यस्तै १ लाख ६८ हजार ३१ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका मध्य धेरै जना भारतबाट आएका व्यक्तिहरु रहेका छन् । पछिल्लाे विवरण अनुसार २७ जना पुरुष र ५ जना महिला गरेर ३२ जना डिस्चार्ज भएका छन् । यो संगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ३६५ रहेको छ । २ हजार ८३७ जना संक्रमित देशभरका आइसोलोसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *