नेपालमा थप १२६ जनामा काेराेना देखियाे

नेपालमा थप १२६ जनामा काेराेना देखियाे

काठमांडाै : विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण नेपालमा पनि तिब्र रुपमा फैलिरहेकाे छ । शुक्रबारमा मात्रै २७८ जनामा देखिएकाे काेराेना भाइरसकाे संक्रमण शनिबार दिउसाेसम्म विभिन्न जिल्लाका जनामा देखिएकाे छ ।

पछिल्लाे जानकारी अनुसार कपिलवस्तुमा कोरोना भाइरस कोभिड १९ को संक्रमण आज थप ४८ जनामा पुष्टि भएको छ । जसमा महाराजगञ्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष र वर्ष ६ देखि ५५ सम्मका ६ महिला गरी जम्मा ३७ मा संक्रमणको पुष्टि भएको हो । यसैगरी यशोधरा गाउँपालिका वडा नम्बर ७ का बर्ष २५ महिला १ र बर्ष २५ का पुरुष १ मा पनि संक्रमणको पुष्टि भएको छ । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परीक्षण गरिएको हो । यस अघि आज विहान बिजयनगर गाउँपालिकामा ५ जना र बुद्ध भूमि नगर पालिकामा ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनु भयो ।

बाँके र बर्दियामा थप ४० जनामा काेराेना संक्रमण देखीएकाे छ । । भेरी अस्पताल बाँकेमा गरिएकाे परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा काेराेना पुष्टि भएकाे हाे । नेपालगन्ज । शनिबार बाँके र बर्दियामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षण अनुसार शनिबार ४० जनामा संक्रमण पुष्टि भएको हो । दुवै जिल्लामा गरेर भेटिएका ४० जना संक्रमितहरूमा तीन जना महिला र ३७ जना पुरुष रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशमा थप ५ जनामा काेराेना देखिएकाे छ । सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

कर्णालीमै काेराेना भाइरसबाट थप १ जनाकाे मृत्यु भएकाे छ । डाेल्पाकाे जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी यही जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका थिए । उनलाई क्वारेन्टाइनमा राखिएको थियो । मृतक लामो सममदेखि दमको रोगले पीडित थिए ।

सुदूरपश्चिममा आज थप १३ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार बझाङका ६, कैलाली र काठमाडौँका दुई/दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक/एक जनामा कोरोना पुष्टि भएको हो।

जसमा कैलालीको गोदावरी नगरपालिका ४१ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ बर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका ३ का ३८ बर्षीय पुरुष, काठमाडौँका १८ र ३८ बषीय पुरुषमा, अछामको मंगलशैसन नगरपालिका वडा नम्वर १ की ५२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। यस्तै बझाङमा ६ जनामा कारोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुईजना ४० वर्षीया महिला छन्।

चितवन : चितवनमा थप ३ जनामा काेराेना संक्रमण देखिएकाे छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा नमूना परीक्षण गरिएका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु तीनै जना नवलपुरका हुन् । भरतपुर अस्पतालका अनुसार नवलपुरको विनयत्रिवेणी-४ बस्ने १८ र २७ वर्षका पुरुष तथा विनयत्रिवेणी-३ बस्ने १९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार बाहानै गण्डकी प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *