कपिलवस्तुमा थप ४८ जनामा काेराेना

new

कपिलवस्तु: कपिलवस्तुमा कोरोना भाइरस कोभिड १९ को संक्रमण आज थप ४८ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५ सय २३ पुगेको छ ।

महाराजगञ्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष र वर्ष ६ देखि ५५ सम्मका ६ महिला गरी जम्मा ३७ मा संक्रमणको पुष्टि भएको हो । यसैगरी यशोधरा गाउँपालिका वडा नम्बर ७ का बर्ष २५ महिला १ र बर्ष २५ का पुरुष १ मा पनि संक्रमणको पुष्टि भएको छ ।

सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परीक्षण गरिएको हो । यस अघि आज विहान बिजयनगर गाउँपालिकामा ५ जना र बुद्ध भूमि नगर पालिकामा ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *