बाँके र बर्दियामा थप ४० जनामा काेराेना संक्रमण

बाँके र बर्दियामा थप ४० जनामा काेराेना संक्रमण

बाँके र बर्दियामा थप ४० जनामा काेराेना संक्रमण देखीएकाे छ । । भेरी अस्पताल बाँकेमा गरिएकाे परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा काेराेना पुष्टि भएकाे हाे ।

नेपालगन्ज । शनिबार बाँके र बर्दियामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षण अनुसार शनिबार ४० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालले दिउँसो एक सूचना जारी गर्दै बाँकेका १२ र बर्दियाका २८ जना गरेर ४० जनाका कोरोना संक्रमण रहेको पुष्टि भएको जनाएको हो ।  संक्रमितहरूमा नेपालगञ्ज–१ का ४१ वर्षीय एक महिला, बाँकेको खजुरा गाउँपालिकाका वडा नं–४ का ६ महिला र एक पुरुष तथा वडा नं–५ का एक महिला गरेर ८ जना, बैजनाथ गाउँपालिका वडा न–२ का एक जना महिला र वडा न–६ का दुई जना महिला रहेका छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या २६७ पुगेको छ । ती मध्ये एकजनाको मृत्यु भइसकेको छ भने ४३ जना निको भएर घर फर्किएका छन् ।  त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका–२ का ए जना, ६ का एक र ९ का तीन जना, बढैयाताल गाउँपालिका–६ का एक जना र ७ का दुई जना, गुलरिया नगरपालिकाका–३ का नाै जना, ६ का एक जना र १० का एक जना, मधुवन नगरपालिका–२ का दुई जना र ५ का दुई जना र राजापुर नगरपालिका–८ का दुई जना र १० का तीन जना गरेर २८ जना रहेका छन् ।

शनिबार दुवै जिल्लामा गरेर भेटिएका ४० जना संक्रमितहरूमा तीन जना महिला र ३७ जना पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *